गठबन्धनको उम्मेदवार रामचन्द्र कि उपेन्द्र भन्नेमा अन्यौलता

1.4k Shares

सर्लाहीको निर्वाचन क्षेत्र नं. १ (क) मा सत्ता गठवन्धनको उम्मेदवार रामचन्द्र सिंह कुशवाहा की उपेन्द्र महतो भन्नेमा अन्यौलता सृजना भएको छ । निर्वाचन क्षेत्र नंं. १ को (क) बाट नेकपा(माओवादी केन्द्र)का रामचन्द्र सिंह कुशवाहा र लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा)का उपेन्द्र महतोको उम्मेदवारी परे पछि गठबन्धनको आधिकारिक उम्मेदवार को हो भन्ने विषयमा अन्यौलता सृजना भएको हो । 
उनीहरु दुवैलाई पार्टीले पनि टिकट दिएको छ । सत्ता गठवन्धनमा क्षेत्र नं. १ को (क) मा माओवादी केन्द्रका सिंह र लोसपाका महतोले टिकट ल्याएर उम्मेदवारी दिएकाले दुई जनामा कसको आधिकारिक उम्मेदवारी हो भन्ने अन्यौलता सिर्जना भएको हो ।
असोज २३ गते उम्मेदवारी दर्ता गराउन जाँदा कुशवाहा प्रतिनिधि सभा सदस्यतर्फ एमालेका ‘बागी’ उम्मेदवार मानबहादुर खड्का र १ (ख) का माओवादी केन्द्रका ‘बागी’ उम्मेदवार राजनकुमार श्रेष्ठसँगै उम्मेदवारी दर्ता गराउन पुगेका थिए भने महतो सत्ता गठवन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार लोसपाका रामप्रकाश चौधरी र क्षेत्र नं. १ (ख) का उम्मेदवार नेकपा (एकीकृत समाजवादी) की बेची लुंगेलीसँगै उम्मेदवारी दर्ता गराउन पुगेका थिए ।
उम्मेदवार कुशवाहा र महतो दुवै जनाले आ–आफ्नो पार्टीबाट टिकट ल्याएर उम्मेदवारी दिएकाले दुई जनामा को आधिकारिक उम्मेदवार हो ? भन्ने विषयमा आफूहरुमा पनि अन्यौलता सृजना भएको  माओवादी केन्द्र लालबन्दीका नगर कमिटी अध्यक्ष लेखराम जर्गा मगर(अर्जुन)ले बताए । अध्यक्ष जर्गा मगरले १ को (ख) मा भने गठवन्धनको उम्मेदवार लुंगेली नै रहेको बताए ।

सम्बन्धित समाचार