साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड डिपो कार्यालय सर्लाहीले गत आर्थिक वर्ष २०८०/०८१ मा ७६ हजार नौ सय बोरा नुन बिक्री गरेको छ। आयोडिन नुन ५४ हजार तीन सय पाँच बोरा,ढिके नुन ११ हजार नौ सय ७५ बोरा र वास नुन एक हजार छ सय २० बोरा गरी कुल७६ हजार नौ सय बोरा नुन बिक्री गरेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड डिपो कार्यालय सर्लाहीका प्रमुख संजिव झाले जानकारी दिए ।
उनका अनुसार जिल्लामा रहेका नौ वटा डिपोबाट ५० किलोका दरका बोरा आयोडिन नुन प्रति बोरा रु नौ सय २५,ढिके नुन प्रति बोरा रु छ सय र वास नुन प्रति बोरा रु पाँच सयले बिक्री गरेको हो ।आयोडिन नुन प्रति बोरा रु नौ सय २५ का दरले ५४ हजार तीन सय पाँच बोराको रु पाँच करोड २३ लाख दुई हजार एक सय २५, ढिके नुन प्रति बोरा छ सयका दरले रु ७१ लाख ८५ हजार र वास नुन प्रति बोरा पाँच सयका दरले रु आठ लाख १० हजार गरी कुल रु पाँच करोड ८२ लाख २६ हजार एक सय २५ बराबरको नुन साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड डिपो कार्यालय सर्लाहीले आर्थिक वर्ष २०८०÷०८१ मा बिक्री गरेको कार्यालय प्रमुख झाले बताए ।
कार्यालयले प्रति बोरा आयोडिन नुन रु नौ सय २५,ढिके नुन रु छ सय र वास नुन रु पाँच सयमा जिल्लाका नौ वटा डिपोलाई बिक्री गरेको र आयोडि नुन प्रति किलो १८ रुपैँया ५० पैसा,ढिके नुन प्रति किलो रु १२ र वास नुन प्रतिकिलो रु १० मा बिक्री गर्दा कार्यालयले कुल रु पाँच करोड ८२ लाख २६ हजार एक सय २५ बराबरको कारोबार गरेको हो ।यस्तै,सो कार्यालयले रासायनिक मलको कारोबार समेत गर्दै आएको प्रमुख झाले बताए ।