मेलम्ची बाढीपीडितलाई बर्गर हाउसद्धारा करिब ११ लाखको सहयोग

3.5k Shares

सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा बाढी पहिरोका कारण पीडित बनेकाहरुलाई खाद्यान्न, लत्ता कपडा लगायतका सामाग्रीहरु सहयोग प्राप्त भएको छ । बर्गर हाउस टिमले काठमाडौंबाट मेलम्चीका बाढीपीडितलाई करिव रु ११ लाख बराबरको सहयोग सामाग्री पठाएको हो ।
अविरल बर्षाका कारण सिन्धुपाल्चोकका विभिन्न स्थानमा गएको बाढी पहिरोले ठूलो भौतिक र मानवीय क्षति पुगेकाले टिमले खाद्यान्न सहयोग गरेको टिमका अभियन्ता संजिव मोक्तानले बताउनुभयो । ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ का संस्थापक वसन्त लामाको संयोजनमा करिव रु ११ लाख रकम बराबरको खाद्यान्न सामाग्री तथा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु हस्तान्तरण गरिएको मोक्तानले जानकारी दिनुभयो ।
बाढी पहिरोबाट त्यस क्षेत्रका धेरै व्यक्तिहरू प्रभावित भएको सुने लगतै आफुले फेसबुक पेजबाट सहयोग संकलन अभियान चलाएको र यस अभियानलाई धेरै सहयोगी व्यक्तिहरुले साथ दिएको संस्थापक लामाले बताउनु भयो । लामाको नेतृत्वमा ३ सय बोरा चामल, ७० वटा ग्यास सिलिण्डर, २ सय किलो नुन, २ सय लिटर खाने तेल लगायत विभिन्न खाद्यान्न सामग्री तथा माक्स, स्यानिटाइजर, फेस सिल्ड, पञ्जा लगायतका स्वास्थ्य सामाग्री संकलन गरेर मेलम्चीतर्फ लगिएको हो ।

सम्बन्धित समाचार