बागमती सेवा समाजद्धारा अग्नी पीडित परिवारलाई राहत सामाग्री सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-२-२८ गते   ५३८ पटक हेरिएको

दुर्गा कुमारी अधिकारी
बागमती सेवा समाज नेपाल सर्लाहीले हरिवन नगरपालिका ६ स्थित घुर्काैलीका अग्नी पीडित परिवारलाई खाद्यान्न तथा राहत सामाग्री सहयोग गरेको छ । हरिवन नगरपालिका ६, घुर्कौलीका अग्नी पीडित अरुण महतोको परिवारलाई आइतबार बागमती सेवा समाज नेपाल सर्लाहीले खाद्यान्न तथा राहत सामग्री सहयोग गरेको हो ।
शनिबार विद्युत् सर्ट भएर आगलागी हुँदा महतोको घर जलेको थियो । आगलागीबाट शरीरमा लगाएको लुगाबाहेक अन्य सबै सामग्री जल्दा बिचल्लीमा परेका महतो परिवारलाई खाद्यान्न र राहत सामाग्री सहयोग गरिएको बागमती सेवा समाज नेपाल सर्लाहीका अध्यक्ष भरत कुमार कार्कीले जानकारी दिए ।
उनका अनुसार बागमती सेवा समाज नेपाल सर्लाहीका कर्माचारीहरुका साथै स्थानीय युवराज भण्डारीलगायतले आइतबार अग्नी पीडित महतो परिवारलाई खाद्यान्न तथा राहत  सामग्री सहयोग गरेका हुन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech