Close This

सोनाम ल्होसारमा लालबन्दी नगरपालिकाद्धारा दुई दिन बिदा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१०-१८ गते   १३८१ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाले तामाङ समुदायको महान पर्व सोनाम ल्होसारको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको छ । लालबन्दी नगरपालिकाका नर प्रमुख मान बहादुर खड्काले तामाङ समुदायको आग्रह अनुसार माघ १९ र २० गते दुई दिन नगरभित्र सार्वजनिक बिदा दिइएको जानकारी दिनु भयो । लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव तिमल्सेनाले सोमबार सूचना निकालेर बिदाको घोषणा गर्नु भएको हो ।
नगर प्रमुख खड्काका अनुसार सोमबार सूचना निकालेर बिदाको घोषणा गरिएको छ । सोनाम ल्होसारको अवसरमा लालबन्दी नगरपालिकाले गत वर्ष पनि दुई दिन सार्वजनिक बिदा दिएको थियो । सर्लाहीसहित देशभरका तामाङ समुदायले आफ्नो राष्ट्रिय पर्व २८५८ औँ ताक÷च्यान ल्हो सोनाम ल्होसार माघ १९ गते बुधबार मनाउँदै छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech