Close This

भारतबाट आएका ११६ ज जनालाई क्वारेन्टाईनमा राखियो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-५ गते   ३१६ पटक हेरिएको

छिमेकी देश भारतको विभिन्न  क्षेत्रबाट सर्लाहीको दशगजा क्षेत्रमा आईपुगेका नेपाली ११६ जना मजदुरहरुलाई स्थानीय प्रशासनले  दशगजामै रोकेर सम्बन्धित स्थानिय निकायका क्वारेन्टाइनमा पठाएको छ ।
 भारतको विभिन्न प्रान्तमा रोजगारीको  शिलशिलामा गएका सर्लाहीको ब्रम्हपुरी ,बसबरिया,चक्रघट्टा,पर्सा गाउँपालिका तथा हरिपुर नगरपालिकाका ११६ जना नेपाली मजदुरहरुलाई भारत सिमाक्षेत्र दशगजाबाट स्थानिय प्रशासनले सम्बन्धीत स्थानिय निकायको जिम्मा लगाएको हो । उनीहरुलाई सशस्त्र प्रहरीको सिमा सुरक्षा टोलीले दशगजामै रोकेर राखेका थिए । ठुलो संख्यामा नेपालीहरु आएर दशगजामा बसिरहेको जानकारी पाए लगत्तै उनीहरुको ट्राभल हिस्ट्रीको बारेमा जानकारी लिएर सम्बन्धित स्थानिय निकायका प्रमुखहरुलाई खबर गरि उनीहरुकै जिम्मा लगाएर सम्बन्धित स्थानिय निकायमा रहेका क्वारेन्टाइनमा पठाएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले बताउनु भयो ।
     सर्लाहीबाट ठुलो  संख्यामा युवा तथा बेरोजगारहरु कामको खोजीमा भारतका विभिन्न प्रान्तहरु जाने गरेका छन् ।उनीहरु वर्षको दुई वा तीन पटक चाडपर्व अथवा घरायसी काम परेको बेला मात्र आउने नेपाल आउने गर्छन । तर कोरोनाको महामारीले गर्दा  भारत सरकारले लकडाउन गरेपछि गरिरहेको काम बन्द भएर उनीहरुको नेपाल फर्कने क्रम बढेको हो ।  

भारतबाट आएका नेपालीहरुलाई नेपाल प्रवेशमा रोक लगाइएकोले नाकाको चोरबाटो प्रयोग गरेर  लुकिछिपी प्रवेश गर्ने क्रम दिन प्रतिदिन बढेको छ । एकैपटक १ सय भन्दा बढी मानिसहरु भारतबाट सर्लाही आइपुगेकाले जिल्लामा थप संक्रमणको आशंका बढेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech