मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीश कुमार सिंहले सर्लाही सदरमुकाम मलंगवामा अवैध रुपमा सञ्चालित १५ वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन् ।मलंगवामा संचालित अस्पतालको स्थलगत अनुुगमन गर्न सर्लाही आएका मुख्यमन्त्री सिंहले दर्ता बिनै संचालित १५ वटा निजी अस्पताल तथा पोलिक्लिनिक तत्काल बन्द गर्न निर्देशन दिएका मुख्य मन्त्री सिंहका स्वकीय सचिव रविन सिंहले जानकारी दिए ।
उनका अनुसार मुख्यमन्त्री सिंहले प्रदेश सरकार मातहतको प्रादेशिक अस्पताल मलंगवा र अन्य १८ वटा निजी अस्पतालको स्थलगत अनुुगमन गरेका थिए।प्रादेशिक अस्पताल मलंवाको क्यान्टिनमा खुवाइने खानामा स्वच्छता कायम गर्न,आकस्मिक कक्षमा जनशक्ति व्यवस्थापन गर्न र अन्तरङ्ग कक्षमा लेखिएका एम्बुलेन्स चालकको नम्बर तत्काल मेट्न अस्पतालका प्रमुखलाई मुख्य मन्त्री सिंहले निर्देशन दिएका स्वकीय सचिव रविनले जानकारी दिए ।
मुख्यमन्त्री अनुुगमनमा आएको थाहा पाउनासाथ मलंगवाका अधिकांश निजी अस्पताल र पोलिक्लिनिकका संचालक तथा कर्मचारी अस्पताल बन्द गरेर भागे थिए।मलंगवाका चार÷पाँचवटा बाहेक अन्य निजी स्वास्थ्य संस्थामा ताल्चा लगाएको पाइएका मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख््या मन्त्रालयका निमित्त सचिव राजेश कुमार मिश्रले जानकारी दिए ।
उनका अनुसार मुख्यमन्त्री सिंहले मलंगवामा अवैध तथा अनाधिकृत ढङ्गले सञ्चालित म्याक्स अस्पताल प्रा.लि, मिथिला डेन्टल क्लिनिक,दिनकर अस्पताल,रामावतार पेन पारालाइसीस सेन्टर,कल्याण हेल्थ केयर, शीतल डेन्टल क्लिनिक, चन्द्रकला पोलिक्लिनिक,इन्डो नेपाल आँखा अस्पताल,कान्तिपुर डेन्टल एवम एक्सरे क्लिनिक,प्रेमा हेल्थ क्लिनिक,सर्लाही कम्युनिटी हेल्थ केयर,गुप्ता क्लिनिक,सर्लाही पोलिक्लिनिक, सिद्धिदाता हेल्थ केयर र देवश्री पोलिक्लिनिक बन्द गर्न निर्देशन दिएका हुन ।
दर्ता भएर नवीकरण दुरुस्त नरहेका जयश्री ओम हेल्थ केयर,तिरुपन्ती बालाजी पोलिक्लिनिक र बह्मभूमि हेल्थ रिसर्च प्रा.लिलाई दुुई महिनाभित्र नवीकरण गराउन मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् ।
यता,सर्लाहीको मलंगवा,नवलपुर,बरहथवा,हरिवन लालबन्दी र बयलवासका साथै भित्री गाउँहरुमा के कति संख्यामा निजी स्वास्थ्य संस्थाहरु स्थापना भएका छन् र तिनीहरु मापदण्ड अनुसार छन् की छैनन् भन्ने नत कुनै सरोकारवाला निकायले चासोका साथ हेरेको छ नत स्थलगत अनुगमन नै भएको छ।कुनै बेलामा कोही कसैको मोड बिग्रेको समयमा गरिने यस प्रकारका अनुगमनले निजी स्वास्थ्य संस्थाहरुको अवस्थामा सुधार हुने कुनै संकेत नदेखिने जानकारहरु बताउँछन्।उनीहरुका अनुसार मन्त्री मन्त्री सिंहलेअघि अघि अनुगमन गर्ने तर पछि पछि निजी स्वास्थ्य संस्थाहरुले बोर्ड हटाएर आफुखुसी निजी स्वास्थ्य संस्थाहरु सञ्चालन गरी नागरिकको स्वास्थ्य माथि खेलवाड गरि रहेका समेत पाइएको छ ।
मापदण्ड विपरित निजी स्वास्थ्य संस्था
सर्लाहीमा सञ्चालित अधिकांश निजी स्वास्थ्य संस्थाहरू बिना स्वीकृति मापदण्ड विपरित सञ्चालन भएका पाइएको छ।जिल्लामा सञ्चालित कतिपय निजी स्वास्थ्य संस्थाहरुले सञ्चालन अनुमती लिएका भएपनि नवीकरण नगरेका साथै दक्ष स्वास्थ्यकर्मीको अभाव र स्वास्थ्य सेवा प्रदान गर्ने नाममा चरम लापरबाही गर्ने गरेका पाइएको हो ।
जिल्लाका विभिन्न स्थानहरुमा स्थापना गरिएका निजी स्वास्थ्य संस्थाहरु सेवा भन्दा बढी व्यापार मुखी बनेका पाइएको हो।बिना स्वीकृति सञ्चालन,दक्ष जनशक्तिको अभाव,गुणस्तरहीन उपचार,अनुगमनको कमजोरी र प्रशासनको लापरवाहीका कारण जिल्लाको स्वास्थ्य क्षेत्र दिनानुदिन संकटग्रस्त बन्दै गएको सामाजिक अभियान्तहरुको आरोप छ। उनीहरुका अनुसार संविधान मै उल्लेख भएको मौलिक हक अन्र्तगत पर्ने सहुलियत र गुणस्तरिय स्वास्थ्य सेवा जिल्लाबासीले पाउन सकेका छैनन्।जनताको पैसा सधै लुट्न पल्केका निजी स्वास्थ्य संस्थाहरु,गैर–जिम्मेवार स्वास्थ्य प्रशासन र कमजोर सरकारी संयन्त्रको शिकार सर्लाहीका सर्वसाधारण भई रहेको भन्दै सामाजिक अभियान्ताहरुले चिन्ता व्यक्त गरे ।जिल्लाका विभिन्न स्थानहरुमा निजी स्वास्थ्य संस्थाहरुको संख्या दिनदुई गुणा रात चार गुणा बढी रहेको भएपनि गुणस्तरिय स्वास्थ्य सेवाका लागि जिल्लाबासी कहाँ जानु पर्ने भन्ने अन्यौलमा परेकाछन् ।
स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्ने कार्यविधि २०७९,स्वास्थ्य सेवा ऐन २०७५,जनस्वास्थ्य सेवा नियमावली २०७७,स्वास्थ्य संस्थाहरूको मापदण्ड २०७३ र स्वास्थ्य संस्था स्थापना,सञ्चालन तथा स्तरोउन्नति मापदण्ड सम्बन्धी निर्देशिका २०७० ले तोकेको स्वास्थ्य मापदण्ड अनुसार,निजी स्वास्थ्य संस्था सञ्चालन गर्नुपूर्व तोकिएको प्रक्रिया पूरा गर्नुपर्छ।तर जिल्लामा सञ्चालनमा रहेका अधिकांश क्लिनिक,मेडिको क्लिनिक,लाईफ सेन्टरहरुका साथै डायग्नोस्टिक सेन्टरहरू र अस्पतालहरुले मापदण्ड अनुसारको अनुमति समेत नलिएका पाइएको हो ।जिल्लामा करिब पाँच सय निजी स्वास्थ्य संस्थाहरू सञ्चालनमा रहेका भएपनि करिब ९९ प्रतिशत निजी स्वास्थ्य संस्थाहरुले राज्यले तोकेको मापदण्डको पालना समेत नगरेका साथै दर्ता अनुमती समेत नलिएका पाइएको हो ।
स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्ने कार्यविधि २०७९,स्वास्थ्य सेवा ऐन २०७५,जनस्वास्थ्य सेवा नियमावली २०७७,स्वास्थ्य संस्थाहरूको मापदण्ड २०७३ र स्वास्थ्य संस्था स्थापना,सञ्चालन तथा स्तरोउन्नति मापदण्ड सम्बन्धी निर्देशिका २०७० ले निजी स्वास्थ्य संस्थाहरू सञ्चालनका लागि केही आधारभूत मापदण्ड तोकेको छ।जसमा स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको गुणस्तर,दक्षता,सरसफाइ र जनशक्तिसम्बन्धी न्यूनतम मापदण्ड सुनिश्चित गर्नु पर्ने उल्लेख गरिएको छ ।
कुनै पनि निजी स्वास्थ्य संस्था सञ्चालन गर्नुअघि जिल्ला स्वास्थ्य कार्यालय(जनस्वास्थ्य कार्यालय)वा सम्बन्धित निकायमा दर्ता गर्नु पर्ने,दर्ता गरिएका संस्थाले नियमित रूपमा अनुमति पत्र नवीकरण गर्नुपर्ने,नवीकरणका लागि सेवा,जनशक्ति,उपकरण र पूर्वाधारको विवरण पेश गर्नुपर्ने,स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक,नर्स,प्राविधिक र अन्य जनशक्तिले नेपाल मेडिकल काउन्सिल वा सम्बन्धित निकायबाट प्रमाणित भएको योग्यता प्राप्त गरेको हुनुपर्ने,जनशक्तिको संख्या संस्थाको सेवा प्रकार र क्षमताअनुसार तोकिएको हुनुपर्ने,अनधिकृत र अप्रशिक्षित व्यक्तिहरूबाट सेवा प्रवाहमा प्रतिबन्ध रहेको उल्लेख छ ।
त्यसैगरी,स्वास्थ्य संस्थाहरूमा बिरामीहरूको उपचारका लागि आवश्यक न्यूनतम पूर्वाधार अनिवार्य हुनुपर्ने,उचित सरसफाइ र हावा निकासको व्यवस्था,पर्याप्त बेड,विश्राम कक्ष र शौचालयको सुविधा हुुनु पर्ने,बिरामीहरू र कर्मचारीहरूको सुरक्षाका लागि आकस्मिक निकास हुुनु पर्ने,प्रयोग गरिने उपकरणहरू प्राविधिक मापदण्डअनुसार स्वीकृत भएको हुनुपर्ने र उपकरणहरूको नियमित मर्मत र जाँच अनिवार्य गर्नु पर्ने उल्लेख गरिएको छ ।
साथै,स्वास्थ्य संस्थाले दिने सेवाहरूको विवरण स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने,सेवाको गुणस्तर कायम गर्न नियमित अनुगमन र मूल्यांकन गर्नुपर्ने,जटिल र गम्भीर प्रकृतिका बिरामीहरूको उपचार गर्न सक्ने व्यवस्था नभएमा सम्बन्धित बिरामीलाई उपयुक्त स्वास्थ्य संस्थामा सिफारिस गर्नुपर्ने,संस्थाले औषधी भण्डारण गर्न तापक्रम नियन्त्रणको उचित व्यवस्था गर्नुपर्ने,औषधी वितरण चिकित्सकको सिफारिसमा मात्र गर्नुपर्ने,म्याद सकिएका औषधी तुरुन्त नष्ट गर्ने व्यवस्था,अस्पताल र क्लिनिकमा सरसफाइको उच्च मापदण्ड कायम गर्नुपर्ने,मेडिकल फोहोर व्यवस्थापनका लागि छुट्टै व्यवस्थाको अनिवार्य व्यवस्था भएको हुनु पर्ने,संक्रमण रोकथामका लागि स्वास्थ्यकर्मीहरूले अनिवार्य रूपमा सुरक्षात्मक उपकरण (जस्तैःग्लोभ्स,मास्क) प्रयोग गर्नुपर्ने,सेवा शुल्कको मूल्यसूची स्पष्ट रूपमा बिरामी र सेवाग्राहीहरूले देख्न सक्ने स्थानमा राख्नुपर्ने र तोकिएको मूल्यभन्दा बढी शुल्क लिन नहुने व्यवस्था गरिएको छ ।
आकस्मिक सेवाका लागि आवश्यक जनशक्ति,उपकरण,औषधी र अन्य सामग्रीको व्यवस्थापन अनिवार्य हुनुपर्ने,दुर्घटना, आगलागी वा अन्य आपतकालीन अवस्थामा तत्काल सेवा उपलब्ध गराउनु पर्ने,निजी स्वास्थ्य संस्थाहरूले आफ्नो सेवा,उपकरण र आर्थिक गतिविधिको वार्षिक प्रतिवेदन सम्बन्धित निकायमा पेश गर्नुपर्ने,जिल्ला स्वास्थ्य कार्यालय(जनस्वास्थ्य कार्यालय)वा अन्य नियामक निकायहरूले नियमित रूपमा स्वास्थ्य संस्थाहरूको अनुगमन गर्ने,मापदण्ड पूरा नगर्ने संस्थालाई चेतावनी, जरिवाना, वा अनुमतिपत्र खारेज गर्ने प्रावधान रहेको छ ।
स्वास्थ्य सेवा ऐन २०७५ र स्वास्थ्य संस्थाहरूको मापदण्ड २०७३ ले बिरामीहरूको स्वास्थ्य सुरक्षा र गुणस्तरीय सेवा सुनिश्चित गर्न कडा मापदण्ड तोकेको भएपनि मापदण्डको खिल्ली उडाउँदै सर्लाहीका अधिकांश निजी स्वास्थ्य संस्थाहरुले स्वास्थ्य सेवालाई व्यापारको रुपमा गरि रहेका भएपनि सरोकारवाला निकाय मापदण्डको प्रभावकारी कार्यान्वयन भए÷नभएको भन्ने सवालमा अनुगमन गर्न सुस्त देखिएको छ।जसका कारण सर्लाहीका निजी स्वास्थ्यहरुको मनोमानी बढि रहेको छ ।
नियमित अनुगमन र कारबाहीको अभावले जिल्लाका निजी स्वास्थ्य संस्थाहरूलाई मनोमानी गर्न प्रोत्साहन मिलेको जानकारहरु बताउँछन्।जिल्ला प्रशासन कार्यालय सर्लाहीका साथै जनस्वास्थ्य कार्यालय सर्लाही र सम्बन्धीत स्थानीय तहहरु निजी स्वास्थ्य संस्थाहरुको नियमन तथा अनुगमनमा सुस्त देखिएका जानकारहरुको आरोप छ।उनीहरुका अनुसार सेवाग्राहीहरूलाई मापदण्ड र कानुनी पक्षबारे पर्याप्त जानकारी नभएकाले जिल्लाका निजी स्वास्थ्य संस्थाहरुलाई अनियमित गर्न सहज भएको छ ।
नागरिकको स्वास्थ्य जोखिममा
मापदण्ड विपरित सञ्चालित सर्लाहीका निजी स्वास्थ्य संस्थाहरूले जिल्लाबासीको स्वास्थ्यमा गम्भीर चुनौती सिर्जना गरेका छन्।कतिपय संस्थाहरूमा बिना डाक्टरको सल्लाह औषधी बिक्रि वितरण गर्ने,धेरैजसो ठाउँमा तालिम विना नै स्वास्थ्यकर्मी राखिएका,डायग्नोस्टिक सेन्टरहरूले परीक्षण रिपोर्टहरूमा त्रुटि गर्नाले बिरामीको उपचारमा समस्या निम्तिएको तथा सरसफाइ र सुरक्षा मापदण्ड पालना नगर्दा संक्रमणको जोखिम बढेको छ।“हामीले निजी स्वास्थ्य संस्थाहरुमा धेरै पैसा खर्च गर्यौं,तर सही उपचार पाएनौँ।उल्टो हाम्रो स्वास्थ्य झन बिग्रियो र धन झन सकियो ।”एक स्थानीयले गुनासो गरे।यता, जनस्वास्थ्य काार्यलय सहित अन्य सरोकारवाला निकायहरुलाई अनुगमनलाई तीव्रता दिन निर्देशन दिएको र अनुगमनको क्रममा मापदण्ड विपरित भएका पाइए त्यस प्रकारका निजी स्वास्थ्य संस्थाहरूलाई आवश्यक कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्लाका निजी अस्पतालहरूले प्रादेशिक अस्पताल तथा स्वास्थ्य चौकीहरूलाई कमजोर बनाएर आफूहरूलाई राम्रो देखाउने प्रयास गरिरहेका साथै प्रादेशिक अस्पताल वरपर रेफर एजेन्टहरू घुमिरहेने र बिरामीलाई निजी अस्पतालमा पठाएर ठूलो रकम असुल्ने गरेका नागरिकसमाजको आरोप छ।उनीहरुका अनुसार सरकारी अस्पतालहरूमा सिट नभएको,उपकरण नचल्ने,डाक्टरहरू नभएको जस्ता बहाना बनाएर बिरामीहरूलाई निजी अस्पतालतर्फ धकेल्ने प्रवृत्ति मौलाएको छ ।
स्वास्थ्य क्षेत्रको यस्तो दुर्दशाका बाबजुद पनि सम्बन्धित निकाय मौन देखिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय,जनस्वास्थ्य कार्यालय तथा जिल्ला प्रशासन कार्यालयले प्रभावकारी अनुगमन गर्न नसकेका कारण नागरिकहरु स्वास्थ्यको नाममा आफ्नो सम्पती सखाप गर्न बाध्य भएका छन् ।
जिल्लामा मापदण्ड विपरित सञ्चालित निजी स्वास्थ्य संस्थाहरूलाई जनस्वास्थ्य कार्यालय सहित सरोकारवाला कार्यालयहरुले जनशक्ति र स्रोतसाधन व्यवस्थापन गरी नियमित रूपमा अनुगमन गरी मापदण्ड विपरित सञ्चालित निजी स्वास्थ्य संस्थाहरूलाई कानूनी कार्बाही गर्न आवश्यक रहेको जानकारहरु बताउँछन्।सेवाग्राहीहरूलाई कानुनी मापदण्ड र स्वास्थ्य सेवासम्बन्धी अधिकारबारे जानकारी दिनुपर्ने, स्थानीयस्तरमा स्वतन्त्र अनुगमन समितिहरू गठन गरी अनियमितता रोक्न लागि पर्दा जिल्लाका नागरिकहरुको अकालमा ज्यान जानबाट जोगिनुका साथै अनावश्यक धनखर्च समेत नहुने उनीहरुको भनाई छ ।