आफ्नै विद्यालयमा अध्यायनरत छात्राहरुलाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ

2k Shares

सर्लाहीको लालबन्दी नगरपालिका ६ स्थित रहेको प्रेम ज्योति आधारभूत विद्यालयका एक शिक्षकलाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । लालबन्दी नगरपालिका ६ स्थित रहेको प्रेम ज्योति आधारभूत विद्यालयका एक शिक्षकले आफुहरुलाई यौन दुव्र्यवहार गरेको सोही विद्यालयमा अध्यायनरत छात्राहरुले आरोप लगाएपछि  ईलाका प्रहरी कार्यालय लालबन्दीकोटोलीले नियन्त्रणमा लिएको हो ।
 लालबन्दी नगरपालिका ६ स्थित रहेको प्रेम ज्योति आधारभूत विद्यालयमा कक्षा ६  लगायत अन्य कक्षामा अध्यायनरत छात्राहरुले विद्यालयका एक शिक्षकले आफुहरुलाई दुव्र्यवहार गरेको आरोप लगाएपछि ती शिक्षकलाई ईलाका प्रहरी कार्यालय लालबन्दीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक शान्तराम कार्कीले जानकारी दिनु भयो ।
प्रहरीका अनुसार प्रेम ज्योति आधारभूत विद्यालयमा अध्यायनरत छात्राहरुले ती शिक्षकले पटक पटक आफुहरु माथी यस्ता हर्कत गर्दै आएको आरोप लगाएका छन् । पीडित छात्राहरुले आफ्ना अभिभावकहरू लिएर बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय लालबन्दीमा पुगी उजुरी हालेका थिए । ती शिक्षकलाई आफुहरुले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका साथै दुवै पक्षवीच वार्ता जारी रहेको प्रहरी निरिक्षक कार्कीले बताउनु भयो । 

सम्बन्धित समाचार