उप्रेतीको २७ औँ स्मृति दिवस मनाईयो

1.9k Shares

सर्लाही,२९ पौष

सर्लाहीको हरिवनमा मंगलवार नारायण उप्रेतीको २७ औँ स्मृति दिवस मनाइएको जनआन्दोलनमा प्रहरी यातनाबाट मारिएका उपे्रतीको सम्झनामा हरिवन नगरपालिकाको परिसरमा उनको स्मृति दिवस मनाइएको हो कार्यक्रममा नगरपालिका परिसरभित्र निर्मित  उप्रेतीको शालिकमा माल्यार्पण गरिएको

कार्यक्रममा नारायण उप्रेती एक होनाहार प्रतिभालाई जन्म दिई पञ्चायती व्यवस्थामा नेताहरुलाई आश्रय दिएर योगदान पु¥याएको भन्दै दिवगंत उप्रेतीकी आमा ९२ वर्षीय टीकालक्ष्मी उप्रेतीलाई सम्मान गरिएको

यस्तै हरिवन नगरपालिका भित्रका सबै विद्यालयबाट एसईई प्ल टूमा उत्कृष्ट अंक ल्याउने एकएक जना विद्यार्थीहरुलाई सम्मान गरिएको आयोजकले बताएको उप्रेतीको स्मृतिमा उहाँको योगदान शहीदको महत्व विषयमा आयोजना गरिएको निवन्ध प्रतियोगितामा प्रथम, द्धितिय तृतिय हुने तथा सहभागी सबै विद्यार्थीहरुलाई सम्मान गरिएको हो

त्यसैगरी उप्रेतीको योगदानलाई जीवित राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रदेश सभा सदस्य डिल्लीप्रसाद उप्रेती, हरिवन नगरपालिकाका नगर प्रमुख गणेशप्रसाद प्रसाई, उपप्रमुख रेणुका पौडेल नगरका ११ वटै वडाका वडाध्यक्षलाई पनि सम्मान गरिएको आयोजकले बताएको

२०४६ सालको जनआन्दोलनका योद्धा उप्रेतीको आन्दोलनकै दौरानमा प्रहरी यातनाका कारण २०४९ साल पुस २९ गते अर्थात आजैका दिन निधन भएको थियो

नारायण  उप्रेती स्मृति प्रतिष्ठानका अध्यक्ष राजकुमार उपे्रतीको अध्यक्षता एवं नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर का इन्चार्ज सत्यनारायण मण्डलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

 

सम्बन्धित समाचार