Close This

लगातारको अविरल वर्षाका कारण सर्लाहीका सरकारी कार्यालय तथा दर्जनौँ निजी घरहरु डुबानमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-१९ गते   ८२ पटक हेरिएको

विगत  तीन दिनदेखि लगातार परेको अविरल वर्षाका कारण सर्लाहीको सदरमुकाम मलंगवाका विभिन्न सरकारी कार्यालय तथा निजी घरहरु डुबानमा परेका छन् । पक्की  सडक बनाउने नाममा पानीको निकासका लागि नाला नबनाइएका कारण  सामान्य वर्षामा पनि पानी जमेर डुबान हुने मलंगवामा विगत  तीन दिनदेखि लगातार परेको अविरल वर्षा हुँदा विभिन्न सरकारी कार्यालय तथा निजी घरहरु डुबानमा परेका हुन् । 
विगत  तीन दिनदेखि लगातार परेको अविरल वर्षाका कारण जिल्ला प्रशासन कार्यालय सर्लाही,जिल्ला समन्वय समिति सर्लाही,मलंगवा नगरपालिकाको कार्यालय ,पुरानो कर दाता कार्यालय ,वोर्डर आउट पोष्ट(विओपी) मलंगवा,पशु सेवा कार्यालय लगायत सरकारी कार्यालयहरु तथा निजी घरहरु जलमग्न भएका छन् ।
    विगत  तीन दिनदेखि लगातार परेको अविरल वर्षाका कारण सरकारी कार्यालयहरु डुबानमा परेपछि सेवाग्राहीहरु र कर्मचारीहरुलाई समेत आवतजावत गर्न समस्या भएको छ । प्रत्येक वर्ष  वर्षाको समयमा मलंगवा  नगरपालिका क्षेत्रमा  सामान्य पानी पर्दा पनि  सरकारी कार्यालयलगायत नगरक्षेत्रका मूल सडकसहित अधिकांश सडक जलमग्न हुने गरेका छन् । मलंगवाको गहिरो स्थान र निकास नरहेका ठाउँहरुमा पानी जमे पनि ठूलो क्षति भने कतै नभएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech