ईश्वरपुर ९ मा माेटरसाईकल दुर्घटना चालककाे ज्यान गयाे,प्रहरीले माेटरसाईकल लुकायाे

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-२५ गते   १९० पटक हेरिएको

सर्लाहीकाे  ईश्वरपुर नगरपालिका ९ खाेरियाे टाेलमा माेटरसाईकल दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ ।
ईश्वरपुर नगरपालिका ९ खोरिया टोल स्थित बयलवासबाट नाढिमन तर्फ जाँदै गरेको माेटरसाईकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा माेटरसाईकलका चालककाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
माेटरसाईकल दुर्घटना हुँदा माेटरसाईकलका चालक चन्द्रनगर गाउँपालिका  ६ का अन्दाजी  बर्ष ३५ का बिजय मुखियाको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक विजय यादवले बताए । उनका अनुसार माेटरसाईकल चालक मुखियाकाे मुख,टाउको र शरिमा चोट लागेकाे र उनकाे घटनास्थल मै ज्यान गएकाे हाे ।
 तर,दुर्घटना गराउने माेटरसाईकल प्रहरीकाे नियन्त्रणमा रहेकाे भए पनि प्रहरीले माेटरसाईकलकाे नम्बर नखुलाउनुले शंका सृजना गरेकाे स्थानियले बताए । स्थानियका अनुसार साे माेटरसाईकल भारतिय नम्बर प्लेटकाे रहेकाे हुन सक्ने छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech