Close This

पुर्वराजा साहको जन्मउत्सवमा सर्लाहीमा ‘राजा आउ देश बचाउ’ भन्दै र्याली

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-२३ गते   ८३ पटक हेरिएको

 सर्लाहीको लालबन्दीमा ‘राजा आउ देश बचाउ’अभियानको सुरुवात भएको छ । पुर्व राजा ज्ञानेन्द्र वीर बिक्रम शाहको ७५ औं जन्मोत्सवको अवसरमा कार्यक्रम आयोजना गरिएको राष्ट्रिय शक्ति नेपालले जनाएको छ ।
राष्ट्रिय शक्ति नेपालको नगर कार्य समिति लालबन्दीको आयोजनामा डुमडुमे मन्दिर परिसर देखि जनवादी चोकसम्म विर गोर्खालीको सहयोगमा र्यालीको आयोजना गरिएको राष्ट्रिय शक्ति नेपालका प्रकाश भट्टले बताउनु भयो ।
हाम्रो समाज हाम्रो देश प्राण भन्दा प्यारो छ । राजा ल्याऔ देश बचाऔ भन्दै चर्को नाराबाजी सहित र्यालीको आयोजना गरिएको थियो । र्यालीको केन्द्रिय अभियन्ता अन्जु थपलियाले संयोजजन गर्नु भएको राष्ट्रिय शक्ति नेपालले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech