Close This

चौध वर्षदेखि फरार अभियुक्तलाई सर्लाही प्रहरीको नियन्त्रणमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-७-२४ गते   १६ पटक हेरिएको

चौध वर्षदेखि फरार रहेका एक जना अभियुक्तलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।कुटपीट तथा अङ्गभङ्ग मुद्दामा जिल्ला अदालत सर्लाहीबाट २०६४ फागुन २१ गतेको फैसलाले चार वर्ष कैद र रु ५ हजार जरिवाना तोकिएका जिल्लाको बलरा नगरपालिका ३ का प्रदीप मिश्र पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनु भयो ।
मिश्रलाई गाउँघरमै लुकिछिपी बसिरहेको अवस्थामा विशेष सुराकीको आधारमा पक्राउ गरिएको प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक  बुढाथोकीले बताउनु भयो ।
मिश्रलाई अदालतको आदेशअनुसार कैद भुक्तानका लागि गौर कारागार, रौतहट चलान गरिएको सर्लाही प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech