Close This

फुलजोर–त्रिभुवननगर सडक खण्डको निर्माण कार्य सुस्त

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-१४ गते   २२९ पटक हेरिएको

 पुर्व पश्चीम लोकमार्ग स्थित सर्लाहीको फुजोरबाट–त्रिभुवननगर सडक खण्डको निर्माण कार्य सुस्त गतिमा हुँदा स्थानीय बासिन्दाले सास्ती खेप्न बाध्य भएका छन् । घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्याले स्थानीय आजित भएका छन् । सडकले सुविधा भन्दा सास्ती बढी दिएको स्थानिय कपिल साहले गुनासो गर्नु भयो ।
तीन वर्षमा निर्माण सकिनुपर्ने यस सडक खण्ड चार वर्ष वितिसक्दला पनि अधुरै छ । रु ८६ करोडमा २०७३ सालमा ठेक्का लागेको यो सडकको निर्माण कार्य ५० प्रतिशत पनि पुरा भएको छैन् ।  “काममा ढिलासुस्ती हुँदा एक दर्जनभन्दा बढी गाउँका बासिन्दा हिलो र धुलोमा यात्रा गर्न बाध्य छन् । दुर्घटनाको जोखिम पनि उत्तिकै छ । सडक मापदण्डमा परेका घर स्थानीयले भत्काएका छन् तर काममा ढिलाई भएको भन्दै स्थानीय आक्रोशित बनेका ” ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष विनोद साहले बताउनु भयो ।
त्रिभुवननगरदेखि पुर्व पश्चिम लोकमार्ग फुलजोरसम्म सडक कालोपत्रे गर्न सन् २०१७ मै टुण्डी–आशिष–सन्तोषी (जे.भि) कम्पनीले ठेक्का लिएको ४ वर्ष बिति सक्दा पनि करिब २५ किलो मिटर सडकको काम ५० पनि नसकिएको हो ।
“रु ८६ करोर १ लाख ६६ हजारमा २५ किलोमिटर लामो यो सडक २०२० जुनमै निर्माण सकिनु पर्ने थियो । तर, निर्माण अलपत्र परेपछि आगामी असार मसान्तसम्म म्याद थपिएको छ । अहिलेसम्म आधामात्रै काम भएकाले थपिएको समयमा पनि नसकिने निश्चित रहेको इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार देवकोटाले बताउनु भयो ।”
 सडक कालोपत्रे गर्ने ठेक्का पाएका ठेकेदार आफुहरूको सम्पर्कमा नरहेको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष साहले बताउनु भयो ।  ठेकेदारको लापर्बाहीका कारण काममा ढिलासुस्ती भएको र दुर्घटना पनि बढेको गाउँपालिका अध्यक्ष साहको भनाई छ ।
जिल्लाको इश्वरपुर नगरपालि,चन्द्नगर गाउँपालिका र ब्रम्हपुरी गाउँपालिका सहित एक दर्जनभन्दा बढी गाउँलाई पुर्व–पश्चिम राजमार्ग, सदरमुकाम मलंगवा र छिमेकी मुलुक भारतको बिहार राज्यसँग जोड्ने मुख्य सडक निर्माणमा भएको ढिला सुस्तीप्रति जनप्रतिनिधि पनि रुष्ट देखिएका छन् । ढिलाइ गर्ने ठेकेदारलाई कारबाही गरेर छिटो सडक निर्माण सक्न स्थानीयबासीले सरकारसँग पटक पटक माग समेत गरेका छन् ।
यता,निर्माणको ठेक्का पाएको कम्पनीका ठेकेदार जीवन कंडेल कोरोना महामारीका कारण घोषणा गरिएको लक डाउनका कारण काममा समस्या भएको बताउन्ु हुन्छ । “सडकमा प्रयोग हुने मेसिन चलाउने अपरेटर छिमेकी देश भारतबाट आउने भएका कारण कोरोना महामारीको समयमा घर गएका अपरेटरहरु ढिलो आउँदा काम ढिलो भएको हो ।” ठेकेदार कंडेलले बताउनु भयो । तर ठेकेदारले आफुहरुलाई दिएको समयमा काम पुरा नगरेको भन्दै स्थानिय शान्ता श्रेष्ठको नेतृत्वमा सो सडक खण्डमा पटक पटक आन्दोलन समेत भएको  थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech