सिर्जनाद्धारा जन्मदिनको अबसरमा वृद्धाश्रममा दिवा खाजा र मिष्ठान भोजन,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-१५ गते   ६३१ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका २ जुटपानीमा रहेको वृद्धाश्रममा आश्रित वृद्धवृद्धालाई दिवा खाजा र मिष्ठान भोजन गराइएको छ । लालबन्दी नगरपालिका २ जुटपानीमा रहेको पद्म भुवनेश्वरी बृद्दा सेवा आश्रममा आश्रित वृद्धवृद्धालाई दिवा खाजा र मिष्ठान भोजन गराइएको हो । 
लालबन्दी नगरपालिका ९  बस्तीपुर निवासी ठाकुर प्रसाद बख्रेलले आफ्नी धर्मपत्नी सिर्जना बस्नेतको जन्म दिनको अवसरमा लालबन्दी नगरपालिका २ जुटपानीमा रहेको पद्म भुवनेश्वरी बृद्धसेवा आश्रममा आश्रित वृद्धवृद्धालाई दिवा खाजा र मिष्ठान भोजन गराएका हुन ।
लालबन्दी नगरपालिका २ जुटपानीको पद्म भुवनेश्वरी बृद्धसेवा आश्रममा आश्रित वृद्धवृद्धासँग आफ्नो सुख दुख बाड्दै फलफुल,खाजा,जुस तथा ड्राइफुड लगायतका मिष्ठान्न भोजन गराइएको बस्नेतले जानकारी दिईन । जन्म दिनको अवसरमा वृद्धसेवा श्रममा मिष्ठान्न भोजना गराउन पुगेका बस्नेत दम्पतीले आफ्नो बृद्ध बृछाहरुसंग अत्यन्तै गहिरो अनुभव र साइनो रहेको  रहेको बताएका बृद्धसेवा आश्रमकी अध्यक्ष भवानी कोईरालाले बताइन ।
 सिर्जनाले एक अनौपचारिक भेटघाट सहित आश्रममा जन्मदिन मनाउन पाँउदा आफुलाई निकै खुसि लागेको बताईन । आफु २ वर्षकै उमेर देखि आफ्नी हजुर–आमाको काखमा हुर्किएको स्मरण गर्दै सानैमा अभिभावक गुमाउनुको पीडाका शब्दसँगै भावुक बनेकी सिर्जनाले सबैको अभिभावक बन्नु भएकोमा आश्रमकी अध्यक्ष कोइराला प्रति सम्मान व्यत्त गरिन । सिर्जनाले सामाजिक कुरीति,विवेद,अभिभावक विहिनताको अवस्था आदिका सन्दर्भमा धेरै लेखहरु समेत लेखेकी छन् ।
नेपालको आप्रवासन व्यवस्थापन र बैदेशिक रोजगारीका क्षेत्रमा समेत लामो समयदेखि काम गर्दै आएकी  बस्नेत  रामेछापको पुराना गाँउमा जन्मेकी हुन् । सानै उमेरमा आमा सँग अलग रही हजुर आमाको काखमा हुर्केकी सिर्जनाले आफ्नो हजुर आमा,बुवा र सहोदर काका समेतको आफैले अन्तिम दाहसंस्कार गर्नुपरेको पीडा सुनाईन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech