स्कारपियाे र बस ठाेकियाे,मानविय क्षेती नभएको प्रहरीको भनाइ

683 Shares

 पुर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमती नगरपालिका १ मिलन चाेकमा यात्रुबाहक बससंग सरकारी स्कारपियाे ठाेकिएकाे छ ।पुर्व पश्चिम राजमार्ग स्थित बागमती नगरपालिका १ मिलन चाेकमा ना ४ ख ५६४० नम्बरकाे यात्रुबाहक बससंग स १ झ ५५५ नम्बरकाे सरकारी स्कारपियाे ठाेकिएकाे ईलाका प्रहरी कार्यालय  कर्मैयाले जनाएको छ ।
प्रहरीका अनुसार वीरगन्जबाट जनकपुरका लागि छुटेकाे बससंग जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी चढ्ने स १ झ ५५५ नम्बरकाे सरकारी स्कारपियाे ठाेकिएकाे हाे ।


बिहिबार दिउँसो करिब ३:३० बजे तिब्रगतिमा आएकाे सरकारी स्कारपियाे अचानक बससंग ठाेकिएकाे भए पनि मानविय क्षेती भने नभएको प्रहरीले जनाएको छ ।
सरकारी स्कारपियाेमा सिरहाका प्रमुख जिल्ला अधिकारी सवार रहे नरहेकाे विषयमा प्रहरीले नखुलाएकाे भए पनि साे स्कारपियाे सिरहाबाट हेटौंडाका लागि हिडेकाे बुझिएको छ ।

सम्बन्धित समाचार