बरहथवा ५ को चक्रजनता मावि विद्यालय प्रशासन र विद्यार्थीहरु विच विवाद

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-१४ गते   ५०३ पटक हेरिएको

सर्लाहीको बरहथवा नगरपालिका ५ मा रहेको चक्रजनता शहिद गंगा माविमा विद्यालय प्रशासन र विद्यार्थीहरु विच विवाद देखिएको छ । विद्यालयमा प्रधानाध्यापकको अनियमतिता,पाठ्यपुस्तक समयमै नपाउने,प्रधानाध्यापकले विद्यार्थीहरुलाई धम्क्याउने,विद्यालयले चर्काे शुल्क असुलेको र विद्यालयमा राजनीति गरेको भन्दै विद्यार्थीहरु आक्र्राेशित भएका हुन ।
सर्लाहीको बरहथवा नगरपालिका ५ मा रहेको चक्रजनता शहिद गंगा माविका विद्यार्थीहरुले नियमित पठ्नपाठन, विद्यालयमा शिक्षकको अनियमतिता,पाठ्यपुस्तक समयमै नपाउने,प्रधानाध्यापकले विद्यार्थीहरुलाई धम्क्याउने,विद्यालयले चर्काे शुल्क असुलेको र विद्यालयलाई राजनीति मुक्त गर्न भन्दै विद्यालय प्रशासनको विरोध गरेका छन् । विद्यार्थीहरुले प्राक्ट्रीकल,सिटिईभिटीको शुल्क कायम,कम्प्युटर ल्यावको प्रयोग,लगायतका माग राख्दै विद्यार्थीहरुले  आन्दोलन गरेको सो विद्यालयका विद्यार्थी निराजन साहले बताउनु भयो ।
यता,विद्यालयमा विद्यालय व्यावस्थापन समिति नभएका कारण शिक्ष भर्ना लगायतका समस्या देखिएको र अब चाँडै नै समस्या समाधान हुने विद्यालयका प्रधानाध्यापक राम बहादुर राय यादवले बताउनु भयो ।
जियोमेट्रीक र एग्रिकल्चर तर्फका विद्यार्थीहरुले गरेको आन्दोलनको विषयमा आफुहरुलाई अनौपचारीक जानकारी भएको र अहिले आफैँ उपस्थिती भएर समस्या समाधानका लागि लागि परेको बरहथवा नगरपालिका शिक्षा शाखाका प्रमुख  अनिल कुमार साहले बताउनु भयो ।
आफुहरुले पटक पटक शिक्षकको अनिनयमितता,पाठ्यपुस्तकको अभाव,राजनीतिमुक्त विद्यालयको माग राख्दा  प्रधानाध्यापक यादवले आफुहरुलाई धम्क्याउने गरेको विद्यार्थीहरुको गुनासो छ । नेपाल सरकारले ठुलो लगानी गरेर सामुदायिक विद्यालयको शिक्षामा सुधारका योजना ल्याएको भएपनि यस विद्यालयले त्यसको महसुस गर्न पाएको छैन । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech