अरु पक्राउ पर्दा प्रतिशोधन नहुने अदालतको आदेशमा रवि पक्राउ गर्दा किन बबाल ?

412 Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम निवर्तमान गृह मन्त्री रवि लामिछानेलाई अदालतको आदेशमा पक्राउ गरिएको कानून व्यवसायीहरुले बताएका छन् ।रास्वपा सभापति एवम निवर्तमान गृह मन्त्री लामिछानेलाई सरकारले प्रतिशोध राख्यो भनेर उनका समर्थकहरूबाट आएको अभिव्यक्ति विधि,कानून,संविधान र न्यायालय विरुद्ध रहेको कानून व्यवसायीहरुको तर्क छ ।
“कानूनको शिद्धान्त भन्दा बाहिर कोही पनि छैन।प्रहरीले अदालतको आदेश,कानूनी प्रक्रिया,विधि पूरा गरेरै पक्राउ गरेको हुन्छ।त्यो पूरा गरेरै ।रास्वपा सभापति एवम निवर्तमान गृह मन्त्री लामिछानेलाई पनि पक्राउ गरेको हो ।”एक कानून व्यवसायीले बताए ।
“नेपालमा रास्वपा सभापति एवम निवर्तमान गृह मन्त्री लामिछाने एउटा मात्रै र पहिलो पटक पक्राउ परेका हुन र ?तत्कालीन गृहमन्त्री खुमबहादुर खड्का,जेपी गुप्ता जेल परेका होइनन् ? त्यसपछि बालकृष्ण खाँणलाई प्रहरीले समातेर जेल हालेको होइन ?उतिखेरै समातेको थियो त ? नेकपा(एमाले)का टोपबहादुर रायमाझीलाई पक्राउ गरेर जेल हालियो त।प्रहरीका तीन जना आईजीपी पनि पहिला पक्राउ परेर जेल हालेकै हो ।अनेक मान्छे पक्राउ गरेर जेल हाल्दाखेरी प्रतिशोध र गैह्रकानूनी नहुने,विधि,प्रक्रिया प्रयोग नगरेको नहुने।अहिलो रास्वपा सभापति एवम निवर्तमान गृह मन्त्री लामिछानलाई पक्राउ गर्दा गर्दा कानून उल्लंघन भयो।राति आएर पक्राउ ग¥यो भनेर डङ्कार पिट्नु पर्ने किन ?”एक अधिवक्ताहरूले भने ।
“हकारी ठगी काण्डमा नेपाली कांग्रेसका पनि कोही बच्दैनन्।एमालेका पनि कोही बच्दैनन् । उजुरी हुन्छ।प्रक्रिया हुन्छ।अदालतले फैसला गर्छ तब प्रहरीले पक्राउ गर्छ।प्रहरीले बाटोमा हिँड्दै गरेको मान्छेलाई यो पनि सहकारीमा दोषी हो भनेर पक्राउ गर्न त मिल्दैन नि ? प्रक्रिया,कानून र विधि हुन्छ।त्यस कारणले पक्राउ गर्छ ।”उनले थपे ।
“सहकारी काण्डमा एमालेका इच्छाराज तामाङलाई कानूनले जेल हालेको होइन र एमालेको केबी उप्रेती अहिले पनि जेलमा छन्।एमाले–कांग्रेस भन्ने कुरै भएन,कानून व्यवसायीहरूले भने ।यो मकै पोलेको घ्यु बेचेको,दही बेचेको र बाख्रो बेचेर जम्मा गरेकोे पैसा ठग्नेलाई बचाउन मिल्छ ?”उनले थपे ।
“कोही पनि मान्छे दोषी हुन्छ भने कानून,कानूनको प्रक्रिया त्यति मात्रै होइन उच्च अदालतको फैसलाबाट पक्राउ गरेकोलाई राज्यले दमन ग¥यो भन्न मिल्छ ?यसमा सरकारको वा प्रधानमन्त्री केपी शर्मा ओलीको अथवा अरु कसैको आदेशले गरेको हो र ? अदालती आदेश र अदालती प्रक्रिया,कानून र कानूनी प्रक्रिया अनुसार गरेको पक्राउ आदेशको पक्राउ प्रक्रियालाई अन्यथा भन्न मिल्दैन ।”
“सडकमा हल्ला गरेको भरमा हुन्छ?फेसबुकमा रवि दाई गुडलक लेखेर हुन्छ?फेसबुकमा लेखेको भरमा अदालती प्रक्रियालाई छोड्ने वा थुन्ने हुँदैन ?कानूनी शिद्धान्त छ।अदालती प्रक्रिया र विधि छ।त्यही आधारमा पक्राउ हुन्छ।त्यही आधारमा पक्राउ गरिएको हो।यसरी बुझ्न जरुरी छ ।”उनलेभने ।
“कांग्रेस–एमालेका नेताहरू पक्राउ पर्दा राज्यले प्रतिशोध साँध्यो भन्न नपर्ने,एमाले–कांग्रेसलाई अनि रवि पक्राउ परेको बेथिति भयो,पूर्वाग्राही भयो भन्नु पर्ने किन भन्यो ?राज्यमा न्यायालय हुन्छ,सरकार हुन्छ,संसद हुन्छ।संसदले कानून बनाउने,अदालतले कानूनको व्याख्या गर्ने, सरकारले लागू गर्ने,लामिछानेको प्रकरणमा सरकारको के भूमिका छ?अहिले लामिछानेलाई पक्राउ गर्नुमा नेपाल सरकारको भूमिका केही पनि छैन ?अदालते फैसला ग¥यो,अदालतको फैसला कार्यान्वयन गर्न प्रहरी गयो।समायो सकियो।”कानून व्यवसायीहरूले भन ।
“हल्लाको भरमा बहकिएर हिँड्नु केही पनि जरुरी छैन।सत्य,तथ्य,देशको प्रणाली,संविधान, कानून र विधिमा विश्वास गर्नु पर्छ।राज्यलाई विश्वास गर्नुपर्छ।चित्त नबुझेको कुरामा बोल्न पाइन्छ।यो संघीय लोकतान्त्रीक गणतन्त्रात्मक मुलुक हो तर बोल्दा आधार,प्रमाण र तथ्य सहित बोल्नुपर्छ।”उनले भने 

सम्बन्धित समाचार