“जनयुद्ध”लाई मेटाउने प्रयास गर्नेहरु खरानी हुने नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले चेतावनी दिएका छन् ।माओवादी केन्द्रको केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा आयोजित ३० औं “जनयुद्ध”दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले“जनयुद्ध”कसैले मेटाएर नमेटिने बताए ।
“हजारौं शहीदहरुको बलिदान र रगतबाट सिञ्चित यो प्रक्रिया,हजारौं बेपत्ता योद्धाहरुको त्याग र तपस्याबाट सिञ्चित यो प्रक्रिया नेपालको समग्र प्रक्रियामा सयौं÷सयौं वर्षसम्म रहनेछ।कसैले मेटाएर यो मेटिने छैन।जसले मेटाउने दुस्साहस गर्छ उही नै खरानी हुन्छ भन्ने मेरो विश्वास छ।”उनले बताए ।
“जनयुद्ध दिवस साँच्चै नै जनताका सबै उत्पीडित समुदायको निम्ति राष्ट्रिय दिवस नै हो।यसलाई राष्ट्रिय दिवसकै रुपमा हामीले अगाडि लैजानुपर्छ।जनयुद्ध शब्दलाई विकृत पार्ने अनेक चेष्टाहरु पनि भएका छन्।त्यसैले जनयुद्धलाई नेपाली जनताको युगान्तकारी अभियानको रुमपा,महान बलिदानको कीर्तिमान कायम गर्ने युद्धको रुपमा हामीले स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्छ।”माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताए ।
त्यसका लागि सबै माओवादी धार तथा क्रान्तिकारीहरुलाई एक हुन उनले अपिल समेत गरे।“हामी एक भएर मात्रै क्रान्तिका उपलब्धिको रक्षा गर्न पनि सकिन्छ र प्रतिक्रान्तिको खतराका विरुद्ध लडेर विजयी हुन पनि सकिन्छ।”अध्यक्ष प्रचण्डले भने,
समाजवादी मोर्चामार्फत् पार्टी एकता प्रक्रियालाई अघि बढाउन पहल गरिराखेको बताउँदै अध्यक्ष प्रचण्डले त्यसको सकारात्मक संकेत पनि देखिएको बताए ।अध्यक्ष प्रचण्डले प्राप्त उपलब्धीलाई अझ बलियो बनाउँदै समाजवादको बाटोमा अघि बढ्न जरुरी रहेको र प्रतिक्रियावादी शक्तिहरुले गणतन्त्रलाई जनताको गणतन्त्र हुन नदिन अनेक गतिविधि गरिरहेको समेत टिप्पणी गरे ।
त्यस्तै,नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द(विप्लव)ले पनि माओवादी घटकहरु बिचको एकता आवश्यक रहेकोमा जोड दिए ।३० औं जनयुद्ध दिवसको अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादी मोर्चा नेपालका संयोजक समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव
विप्लवले समाजवादका लागि संविधान संशोधन गर्न अपिल गरेका छन्।विपिन भण्डारी फाउण्डेसनद्वारा सल्यानको वागचौरमा ३० औं जनयुद्ध दिवसका अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले सो अपिल गरेका हुन्।उनले जनतालाई अधिकार सम्पन्न गर्न संविधान संशोधन आवश्यक भएको बताउदै नेपाली कांग्रेस,नेकपा(एमाले),नेकपा(माओवादी केन्द्र)लाई ठुलो भाग दिन होईन,समाजवादका लागि संविधान संशोधन गर्न आग्रह गरे ।जनयुद्ध नभएको भए सय वर्षसम्म देश सामन्तवादको कब्जामा हुने बताउँदै उनले माओवादी आन्दोलनकै कारण सामन्तवादको अन्त्य भएको दाबी गरे ।
“जनयुद्ध कुनै पार्टीविरुद्ध गरेको विद्रोह होइन।सामन्तवादको विरुद्ध गरेको मुक्तियात्रा थियो।जनयुद्ध सिङ्गो नेपाली जनताको पर्व हो।कसैले बिर्सन नसक्ने ढुंगामा लेखिएको अक्षरभन्दा पनि गहिरो हो । जनयुद्धमा ल्याएको परिवर्तनलाई सबैले गर्व गर्नुपर्छ।जनयुद्ध नभएको भए देश आज पनि सामन्तवादको कब्जामा हुन्थ्यो।सय वर्ष सामन्तवादको पाउमुनी हुन्थ्यो।माओवादी आन्दोलनले सय वर्ष अगाडि परिवर्तन आएको छ।परिवर्तनको उपभोग माओवादीले मात्र गरेको छैन।सबैले उपभोग गरेका छन् । दलित,महिला,मधेसी र उत्पीडित जनताले अधिकार पाएका छन्।”महासचिव विप्लवले बताए ।
उनले जनयुद्ध भनेको जनताको न्यायपूर्ण युद्ध भएको टिप्पणी गर्दै इतिहासप्रति इमान्दार नहुनेहरुले जनयुद्धको विरोध गरेका समेत बताए।उनले माओवादीभित्रका केही नेताहरु शान्ति प्रक्रियापछि सम्पति थुपार्ने र पैसा लुकाउने ठाउँमा पुगेर विग्रएको आफ्नै आँखाले देखेपछि उनीहरु नसच्दिा आफूहरु नमिलेर अलग भएको बताउदै जनयुद्धको सपना विपरित माओवादी विग्रीनु नेपाली जनताका लागि धोका भएको समेत बताए ।यसैगरी,महासचिव विप्लवले दलाल पुँजीवाद अन्त्य गरेर समाजवाद ल्याउने र जनताको व्यवस्था ल्याउने अभियानमा एकपटक नेपाल कम्युनिष्ट पार्टीलाई विश्वास गरी साथ दिन समेत अपिल गरे ।