Close This

घाइतेको उपचार खर्च नगर प्रमुख प्रसाईंले लिए जिम्मा,मन्त्री साह भने भागे

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-१८ गते   ४२० पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ९ मा  शहरी विकास मन्त्री प्रभु साह सवार जिपको ठक्करबाट घाइते भएका बिरामीको सम्पूर्ण उपचार खर्च हरिवन नगरपालिकाका नगर प्रमुख  गणेश प्रसाईले गर्ने भएका छन् ।  शनिबार दिउँसो  पूर्व–पश्चिम लोकमार्गअन्तर्गत हरिवन ९ मा मन्त्री साह सवार ना १ झ ३८४२ नम्बरको जिपले ठक्कर दिइ घाइते भएका लालबन्दी नगरपालिका–८ चन्द्रपुरका ३० वर्र्षीय बच्चु तामाङको उपचार खर्च नगर प्रमुख प्रसाईले जिम्मा लिएका उहाँका स्वकिय सचिव युवराज आचार्यले जानकारी दिनु भयो । मन्त्री साहको जिपको ठक्करबाट तामाङ सामान्य घाइते भएका छन् ।
घाइते तामाङको हरिवन ११ मा रहेको स्वाभीमान अस्पतालमा उपचार भइरहेको छ । उनको उपचार खर्च नगर प्रमुख  प्रसाईंले जिम्मा लिई उपचार गराइरहेका सचिव आचार्यले बताउनु भयो । तर मन्त्री साह भने जिपको ठक्करबाट घाइते भएका तामाङको उद्धार नगरि भागेका छन् । उद्धारमा स्थानिय जुटेको समयमा मन्त्री साह भागेका चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस हरिवनका स्ववियु सभापति प्रज्वल ढुंगानाले बताउनु भयो ।
मन्त्री साह रौतहटको गरुडाबाट महोत्तरीको जलेश्वरतर्फ जाँदै गर्दा जिपले ठक्कर दिँदा तामाङको कम्मर र ढाडमा चोट लागेर घाइते भएको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक  संतोष सिंह राठौरले जानकारी दिनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech