जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले चोरी भएको मोटरसाईकल फेला पारी सम्बन्धी मोटरसाईकल धनीलाई बुझाएको छ ।
साउन २५ गते राती घरैमा राखेको मोटरसाईकल हराएको मोटरसाईकल खोजी गर्ने क्रममा सर्लाहीको बागमती नगरपालिका १२ मा शंकास्पद नम्बर हालेर सञ्चालन भएको अवस्थामा सो मोटरसाईकल बरामद् भएको हो । सो मोटरसाईकललाई भदौ ११ गते बागमती नगरपालिका १२ मा अर्कै नम्बर प्लेट हालेर राखीएको अवस्थामा शंका लागि प्रहरीले शंका लागि नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा सो मोटरसाईकल मकवानपुरको बागमती गाउँपालिका १ का राजकुमार श्रेष्ठको वागमती प्रदेश ०३ ००३ प ७२०७ नम्बर रहेको भएपनि बागमती नगरपालिका १२ मा चोरी ल्याई ना ५ प ९६०९ नम्बर राखी चलाएको अवस्थामा नियन्त्रणमा लिएर सम्बन्धीत मोटरसाईकल धनीलाई हस्तान्तरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक इश्वर कार्कीले जानकारी दिनु भयो ।