सर्लाहीमा उत्पादित सिमीमा अत्यधिक विषादी,भारतिय हरियो तरकारी परिक्षण विनै नेपाली बजारमा

281 Shares

सर्लाहीमा उत्पादन भएको टाटे सिमी तरकारीमा अत्यधिक विषादी भेटिएको छ।केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुुत विश्लेषण प्रयोगशाला एकाइ कालिमाटीले जारी गरेको एक रिपोर्टमा सर्लाहीमा उत्पादन भएको टाटे सिमी तरकारीमा अत्यधिक विषादी भेटिएको कार्यालयका सूचना अधिकारी प्रयोग बहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार सर्लाहीमा उत्पादित सिमीमा ५५ दशमलव ५११ कार्वमेट र ३० दशमलव ५४४२ अर्गानोफस्फेट नामक विषादी पाइएको हो ।हरिया तरकारीमा अत्यधिक विषादी पाइएपछि परीक्षण गरिएको केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुुत विश्लेषण प्रयोगशाला एकाइ कालिमाटीले जनाएको छ।दैनिक रूपमा परीक्षण गर्दा रायो,भाजी,जिरी,मार्फा,पाकुचा र टाटे सिमीलगायत तरकारीमा अत्याधिक विषादी भेटिएको कालिमाटी तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।
त्यस्तै,नेपालमा भारतीय तरकारी परीक्षण नगरी बजारमा प्रवेश गर्ने समस्या लामो समयदेखि रहँदै आएको छ।यसले नेपाली किसानहरूलाई उचित मूल्य नपाउने र उपभोक्ताहरूलाई गुणस्तरहीन तरकारी उपभोग गर्नुपर्ने बाध्यता सिर्जना गरेको जानकारहरु बताउँछन् ।भारतबाट निर्वाध र कम मूल्यमा कम गुणस्तरीय तरकारी भित्रिएकाले नेपाली किसानहरूलाई समस्या भएको छ।भारतबाट आउने तरकारीको क्वारेन्टाइन जाँच नगर्ने हुँदा विभिन्न रोग र किरा भित्रिएर नेपालका बाली सखाप हुने चिन्ता एकातिर छ भने अर्काे तर्फ नेपाली उपभोक्ताहरु गुणस्तरहिन तरकारी प्रयोग गर्न बाध्य भएका छन् ।
क्वारेन्टाइन र विषादी अवशेष जाँच नगर्ने र व्यवसायिक किसानले जुनबेला जे उत्पादन गरे पनि भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने मुख्य परिस्थितिले नेपालका धेरै किसान पलायनको स्थितिमा पुगेका कृषि विभागका प्रवक्ता जगन्नाथ तिवारीले बताए।उनका अनुसार नेपाली उत्पादनले बजार पाउँदा पाउँदै किसानले घाटा बेहोर्न बाध्य भएका छन् । 
यस समस्याको समाधानका लागि नेपाल सरकारले भारतबाट आयात गरिएका तरकारी तथा फलफूलको विषादी जाँच गरेर मात्रै गाडी भन्सार पास गर्नु पर्ने भएपनि प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्र क्वारेन्टाइन कार्यालय,मलंगवा,सर्लाहीका निमित्त कार्यालय प्रमुख  दिनेश प्रसाद यादव सम्पर्क विहिन छन् भने भन्सार कार्यालय हरियो तरकारीको भन्सार नहुने बाहनामा केही रकम असुलेर निर्वाध रुपमा भारतिय हरियो तरकारी भित्र्याउन दिन्छ।स्वास्थ्यलाई असर गर्ने वस्तुको उपभोग गर्नुपर्ने अवस्था अन्त्य गर्न र नेपाली किसानहरूलाई प्रोत्साहन गर्न राज्यले आयातित हरियो तरकारीमा भन्सार लगाउनु पर्ने र क्वारेन्टाईन चेकजाँच गर्नुपर्ने आवश्यकता रहेको जानकारहरु बताउँछन् ।यसरी, भारतीय तरकारी परीक्षण नगरी नेपाली बजारमा प्रवेश गर्ने समस्याले नेपाली किसान र उपभोक्ताहरूलाई असर पु¥याइरहेको छ। यसको समाधानका लागि सरकार र सम्बन्धित निकायहरूले प्रभावकारी कदम चाल्न आवश्यक रहेको कृषिविज्ञहरु बताउँछन् ।

सम्बन्धित समाचार