जनकपुर बोल्ट्सको मलंगवामा “ट्रफी परेड”

275 Shares

नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करण विजेता जनकपुर बोल्ट्सका खेलाडीहरुलाई सर्लाही सदरमुकाम मलंगवमा भव्य स्वागतका साथै “ट्रफी परेड” गराइएको छ ।मधेस प्रदेशका सबै जिल्लामा विजयोत्सव मनाउने क्रममा सर्लाही आइपुगेको उक्त टोलीलाई जिल्ला सदरमुाकाम मलंगवामा भव्य स्वागत गरिएको हो ।
स्थानीयबासीका साथै जनप्रतिनिधिहरु र खेलप्रेमीहरुले नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करण विजेता जनकपुर बोल्ट्स विजेता टोलीलाई भव्य स्वागत गर्दै “ट्रफी परेड” गर्दै रौतहट तर्फ विदाई गरेका छन्।विजेता टिमका खेलाडीलाई खेलप्रेमीहरुका साथै स्थानीय जनप्रतिनिधिहरुले फूलका मालाले भव्य स्वागत गरेका हुन ।
विजयी टोली मलंगवाबाट कौडेना गाउँपालिका,गोडौता नगरपालिका,विष्णु गाउँपालिका र बलरा नगरपालिका हुँदै रौतहटतर्फ प्रस्थान गरेको छ ।आम नागरिकको चासो र आफूहरुले जितमा देखिएको खुसी एवम आत्मीयताबाट आफू्हरुलाई ऊर्जा मिलेको जनकपुर बोल्टस्का प्रबन्ध निर्देशक निरज खतिवडाले बताए ।शुक्रबार धनुषाको जनकपुरधामबाट सुरु भएको “ट्रफी परेड”महोत्तरी,सर्लाही र रौतहटमा आयोजना गरिएको हो।टोलीले आइतबार बारा र पर्साका साथै सोमबार सिरहा र सप्तरी पुग्ने तालिका बनाएको छ ।

सम्बन्धित समाचार