प्रहरी संगठनको साख उच्च राखेर काम गर्न आईजिपी थापाको निर्देशन

2.6k Shares

नेपाल प्रहरीका प्रहरी प्रमुख प्रहरी महानिरीक्षक(आईजीपि) शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय सर्लाहीको अवलोकन गर्नु भएको छ । 
अवलोकनको क्रममा आईजिपी थापाले जिल्ला प्रहरी कार्यालय सर्लाही मातहतका प्रहरी युनिटका प्रहरी प्रमुखहरुलाई वर्तमान शान्ति सुरक्षा लगायत समय सान्दर्भिक विषयमा निर्देशन गर्नु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायप उपरिक्षक एवम प्रहरी प्रवक्ता माधब प्रसाद बुढाथोकीले जानकारी दिनु भयो ।
उहाँले जिल्लाको  समग्र शान्ति सुरक्षा कायम राख्न, निष्पक्ष र सेवामुखि भावनाका साथ आफ्नो आचरण र व्यबहारमा सुधार गर्दै कानूनको प्रभावकारी कार्यन्वयन गर्न, भ्रष्टचार, तस्करी बिरुद्द शुन्य सहनशीलतालाई आत्मसाथ गर्दै  सेवाग्राहीको पिरमर्का समयमै सम्बोधन गर्न, जिल्लामा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई उच्च मनोबल एवम कुशलतापुर्वक जिम्मेवारी निर्वाह गर्दै उच्च व्यवसायिकताका साथ न्यायिक राज्य निर्माणमा अहम भूमिका निर्वाह गर्दै पवित्र प्रहरी संगठनको साख उँच्च बनाउन निरन्तर  लागिरहन निर्देशन प्रदान गर्नु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिनु भयो ।
सिमानाकामा तस्करी बढेको तस्करहरुसंग प्रहरी कर्माचारीहरुको सांठगाँठ रहेका विषयमा विभिन्न सञ्चार माध्यामहरुमा समाचार सम्प्रेषण भएपछि अचानक प्रदेश २ का जिल्लाहरुको अवलोकनमा निस्कनु भएका आईजिपी थापाले प्रहरी संगठनको साख उच्च राखि काम गर्न आग्रह गर्नु भएको छ ।

सम्बन्धित समाचार