भार वाहन क्षमता भन्दी बढी लोड बोकेको ट्रक सर्लाही ट्राफिकको नियन्त्रणमा

गणेश खड्का    प्रकाशित: २०८०-६-१६ गते   १६६ पटक हेरिएको

जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले भार वाहन क्षमता भन्दा बढी क्षमता लोड भएको एउटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगन्जबाट सिमेन लिएर आएको ना  ६ ख ४६४ नम्बरको ट्रकको २१ टन भारवाहन क्षमता भएपनि ३० टन लोड लिएर आएको र नयाँरोड स्थित रहेको सर्लाही ट्रक व्यावसायी संघको तौल काँटामा नहाली भागेपछि खेद्ने क्रममा अस्थायी ट्राफिक प्रहरी पा्ेष्ट लालबन्दीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी काार्यलय सर्लाहीका प्रमुख प्रहरी निरक्षक मदन थापाले जानकारी दिए ।
उनका अनुसार भावहान क्षमता भन्दा बढी लोड बोकेका कारण काँटामा नपसी भाग्ने क्रममा लालबन्दी आईपुगेपछि ट्राफिक प्रहरीले रोकेको थियो । सो क्रममा २१ टन भार वाहन क्षमता भएको ट्रकले ३० टन भार लोड लिएर आएको पाइएको थियो । त्यसपछि नियन्त्रणमा लिइएको र राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाउने तयारी भई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरक्षिक थापाले जानकारी दिए ।कुनै विषेश मानिसको ट्रक रहेकाले तौल मेसिन(काँटा)मा नहाली भागेर हिडेको भन्दै ट्राफिक प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech