धनुषाको सबैला नगरपालिका ९ मा दुई समुह विच भएको झडपमा करिब एक दर्जन सुरक्षाकर्मीहरु घाईते भएका छन् ।सबैला नगरपालिका ९ स्थित कलुवामोर गाँउ स्थित सबैला भठिहन चोकको नाम यादव चोक राख्ने विषयमा चैत्र २ गते कलुवामोरका स्थानीयबासी र सबैला भठिहनका स्थानीयहरु विच विवाद उत्पन्न भई भएको झडपलाई सम्झाई बुझाई गर्ने क्रममा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरु माथि उक्त भिडले ढुङ्गामुडा तथा बासको भाटा प्रहार गर्दा नेपाल प्रहरी पाँच जना र शसस्त्र प्रहरी बल तर्फ चार जना गरी नौ जना घाईते भएका स्रोतले जनाएको छ ।स्रोतका अनुसार घाईते हुने नेपाल प्रहरीका प्रहरी हबल्दार राजकुमार मण्डल, उमेश यादव,णेश लाल महत्तो,प्रहरी सहायक हबल्दार रवि शंकर यादव र प्रहरी जवान शिवम महतो भएका छन् ।
त्यसैगरी,शसस्त्रप्रहरी बल तर्फ घाईते हुनेहरुमा प्रहरी सहायक निरिक्षक(असई)रामहरी श्रेष्ठ,वेद पसाद पनेरु शसस्त्र प्रहरी हबल्दार दिक बहादुर बस्नेत र बधन राम मोची घाईते भएका छन् ।स्थानीयले सुरक्षाकर्मीहरु माथि आक्रमण गरेपछि आत्म रक्षाको लागी प्रहरीले १३ सेल अश्रुग्यास र छ राउण्ड गोली चलाउँदा शहिदनगर १ कुम्हकरणका अन्दाजी वर्ष १८ का सन्तोष यादव गम्भीर घाईते भएका छन्।सुरक्षाकर्मीहरुको गोली लागेर घाईते भएका यादवलाई प्रादेशिक अस्पताल जनकपुरमा उपचारभई रहेको छ ।सो विषयमा बुझ्न जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक वरुण बहादुर सिंहलाई फोन गर्दा कुरा हुनु सकेन् ।