भारतिय बसकाे ठक्करबाट साईकल यात्रीकाे मृत्यु

2.7k Shares

सर्लाहीको मलंगवा नगरपालिका १२ चमेलिमाई मन्दिर नजिकै आाइतबार  भारतीय बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।
नवलपुरबाट मलंगवातर्फ फर्कदै गरेको बीआर ०६ टि एफ १०७४ नम्वरको मिनी बसकाे ठक्करबाट  साइकल यात्री कविलासी नगरपालिका ९ का ५८ वर्षीय शंकर रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।  नवलपुर–मलङ्गवा सडक अन्तर्गत मलंगवा नगरपालिका १२ मा बसले ठक्कर दिँदा गम्भीर घाइते भएका रायलाई उपचारका लागि तत्कालै जिल्ला अस्पताल मलंगवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पाेख्रेलले जानकारी दिनुभयाे  ।
प्रहरीका अनुसार दुर्घटनापछि बसका चालक फरार भएका छन् भने बस प्रहरीको नियन्त्रणमा रहेको छ ।

सम्बन्धित समाचार