Close This

सर्लाहीमा निषेधाज्ञा थप कडाईका साथ पालना हुदै,सडक, बजार सुनसान

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-४ गते   २३३ पटक हेरिएको

 सर्लाहीमा जारी गरिएको दोस्रो चरणको निषेधाज्ञा पुर्ण रुपमा पालना भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९) दिन प्रति दिन बढ्दै गई रहेको र कोरोनाको संक्रमणको जोखिम नियन्त्रण गर्नको भन्दै जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको प्रभाव जिल्लाको शहर देखि गाउँमा परेको हो ।
 पहिलो पटकको निषेधाज्ञामा आवागमन केही खुकुलो भएको भनि विभिन्न सञ्चार माध्यामहरुमा समाचार सम्प्रेषण भएपछि दोस्रो चरणको निषेधाज्ञामा पूर्ण रुपमा प्रतिवन्ध लगाइएको कारण स्थानीयहरू घर भन्दा बाहिर निस्कन नपाएकोले बजार सुनसान देखिएको छ । जिल्लाको लालबन्दी,हरिवन,बयलवास,बरथवा र मलंगवा लगायतका बजार सुनसान रहेको छ । कोरोनाको कहर तिब्र रुपमा बढेकोले स्थानीयहरू आफै त्रसित भएर घर मै सुरक्षित बसेको कारण सडकमा मानिसको आवागमन बन्द रहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । निषेधाज्ञा  जारी रहेकोले व्यपार,व्यावसायहरु पूर्ण रुपमा बन्द रहेका छन् ।
सर्लाही प्रशासनले जेठ १ देखि जेठ १० सम्म दोस्रो चरणको निषेधाज्ञा घोषणा गरेका छ ।जिल्लाबाट सञ्चालन हुने सार्वजनिक सवारी साधनहरु पूर्ण रुपमा बन्द रहेका छन् । दैनिक उपभोग्यका वस्तु तरकारी, दुध घर घरमा घुमाएर विक्री गर्ने गरेको देखिएको छ । जिल्लाका मुख्य बजारहरुमा दैनिक उपभोग्या वस्तु तरकारी, दुध तथा खाद्यान्नका पसलहरु दैनिक पबहान ६ देखि १० बजे सम्म सञ्चालन गर्न सर्लाही प्रशासनले अनुमती दिएको छ ।
निषेधाज्ञाको कारण शैक्षिक सस्थाहरु पुर्ण रुपमा बन्द रहेका छन् ।  छिमेकी देश भारतको बिहार राज्यमा पूर्ण लक डाउन भएपछि नेपाल र भारत सिमानामा आवागमनलाई कडाईका साथ लागु गरिएको छ । तर चोर बाटो भएर हुने आवागमन लुकीचोरी भई रहेको छ । 
पर्सा गाउँपालिका,ब्रम्हपुरी गाउँपालिका,हरिपुर्वा नगरपालिका, मलंगवा नगरपालिका, बलरा नगरपालिका लगायतका स्थानका विभिन्न स्थानिय निकायका भित्रि बाटाहरुको प्रयोग गरी भन्सार छलीका सामानहरु ओसार पसारको काम केही मात्रामा भई रहेको भएपनि मुख्य नाकाहरु भने पुर्ण रुपमा बन्द रहेका छन् ।
भारतमा कोरोनाको संक्रमण उच्च रहेकोले आवागमनमा प्रतिबन्ध लगाएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ्गले बताउनु भयो । तर भित्रि बाटाहरुको प्रयोग गरेर गाउँ पसेकाहरुबाट कोरोना संक्रमणको जोखिम बढ्ने खतरा रहेको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech