ठुलो मात्रामा लागु औषध सहित बरिष्ठ हबल्दार सिंह पक्राउ,प्रहरी कै संग्लग्नतामा लागु औषध कारोबार हुने गरेको रहस्य सार्वजनिक

2.7k Shares

सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरबाट ठुलो मात्रामा लागूऔषधसहित एक जना प्रहरी हबल्दार पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सुवोध कुमार सिंह ठुलो मात्रामा लागूऔषध सहित पक्राउ परेका हुन् ।
उखुबारीभित्र तीनवटा बोरामा लुकाएर राखेको ५ सय ९९ बोतल लागु औषध सहित प्रहरी बरिष्ठ हबल्दार  सिंह पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेलले जानकारी दिनु भयो । उहाँका अनुसार लालबन्दी नगरपालिका १ नवलपुरस्थित उखुबारीभित्र लुकाएर राखिएको लागूऔषधसहित प्रहरी बरिष्ठ हबल्दार  सिंहलाई पक्राउ गरिएको हो ।
प्रारम्भिक अनुसन्धानमा सिंहले सुरुमा बोराभित्र रहेको सो लागूऔषध नवलपुर बजारकै एक पसलमा राख्न दिएको र पछि पसलेले धेरै दिन भएपछि आफूले राखेको बोरा लैजान दबाब दिएपछि उखुबारीमा लगेर लुकाएको खुल्न आएको प्रहरी उपरिक्षक पोखरेलले बताउनु भयो । प्रहरी बरिष्ठ हबल्दार स्ािंह सहित कोडिवेल नामक कोरेक्स एक सय एमएलको ४ सय ४६ बोतल र विन सिरेक्स सय सय एमएलको १ सय ५३ बोतल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरी बरिष्ठ हबल्दार सिंहको कोठाबाट कोरेक्सको दुईवटा खाली बोतल समेत बरामद् गरिएको प्रहरीले जनाएको छ । वरिष्ठ हवल्दार सिंहलाई अहिले इलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक शान्तराम कार्कीले जानकारी दिनु भयो ।उहाँका अनुसार रौतहट घर भएका वरिष्ठ हबल्दार सिंहको दरबन्दी इलाका प्रहरी कार्यालय बोयाङ भोजपुरमा रहेको र उनी इलाका प्रहरी कार्यालय नवलपुरमा काजमा कार्यरत थिए । सिंह यहाँबाट रमाना बुझेर भोजपुर जाने तयारीमा रहेका र सोही समयमा लागु औषध सहित पक्राउ परेका हुन ।
 उनि पटक पटक इलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत रहेका र अन्यन्त्र काजमा गएको भएपनि फेरी पनि काज मिलाएर ईलाका प्रहरी कायार्यलय नवलपुरमा नै आउने गरेका थिए । यसरी लागु औषध सहित प्रहरी नै पक्राउ पर्नुले प्रहरीकै मिलेमतोमा लागु औषधको कारोवार हुने गरेको स्पष्ट भएको छ ।

सम्बन्धित समाचार