करिब २ महिनामा सरुवा भएको ठाउँमा गए प्रहरी निरिक्षक गिरी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-९ गते   १८६४ पटक हेरिएको

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा लामो समयदेखि कार्यरत प्रहरी निरीक्षक कृष्ण गिरीकोसोमबार विदाई गरिएको छ । जिल्लामा रहँदा कुशल छवी बनाएका प्रहरी निरीक्षक गिरीलाई सरुवा भएको करिब डेढ महिनापछि बिदाई गरिएको हो ।
सर्लाहीका ७ जना प्रहरी निरीक्षकको गएको चैत २५ गते नै सरुवा भएको थियो । सोअही सरुवामा परेका प्रहरी निरिक्षक गिरीलाई स्थानिय निकायको चुनाव र जिल्लाको वस्तुस्थितिबारे राम्रोसँग जानकारी भएका कारण चुनाव सकेर जान भन्दै रोकिएको थियो ।
शान्ति सुरक्षामा कुनै असर पर्ने खालका गतिविधि हुँदा घटना भएको स्थलमा पुगेर समस्या समाधानको पहल गर्न सक्ने क्षमता भएका गिरीले सरुवा भएरपनि निर्वाचन भरी जिल्ला प्रहरी कार्यालय सर्लाहीको शाख जोगाएका थिए ।
सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षकका साथै सबै प्रहरी युनिटका प्रहरी निरिक्षकहरु नयाँ सरुवा भएर आएका कारण पनि जिल्लाका सुरक्षा अधिकारीहरुले माथिल्लो निकायमा समन्वय गरी प्रहरी निरिक्षक गिरीलाई तत्काल जिल्लामै रोकेका थिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रवीण पोखरेलले प्रहरी निरीक्षक गिरीले जिल्लाभरको अवस्था बुझेको र समन्वयकारी भूमिका पनि कुशलतापूर्वक निर्वाह गर्ने भएकाले माथिल्लो निकायसंग आग्रह गरी चुनावभर जिल्लामै राखेर सोमबार सरुवा भएको स्थानमा बिदाई गरेर पठाइएको बताउनु भयो । प्रहरी निरिक्षक गिरीको जिल्ला प्रहरी परिसर काठमाण्डौैंमा सरुवा भएको छ ।
यस्तै, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमसहित अन्य सुरक्षा अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक पोख्रेल,प्रहरी नायव उपरिक्षक माधव प्रदास बुढाथोकी सहित जिल्लाका विभिन्न सामाजिक संघसंस्थाहरुले पनि प्रहरी निरिक्षक गिरीलाई बिदाई गरेका हुन् । २०७७ साल कात्तिक २३ गते सरुवा भएर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आउनु भएका प्रहरी निरिक्षक गिरीले १ वर्ष ६ महिना १४ दिन सर्लाहीमा विताउनु भयो ।
गिरीको कार्यसम्पादनलाई मूल्यांकलन गर्दै जिल्ला प्रहरी कार्यालय तथा तालुक कार्यालयहरुले प्रहरी निरिक्षक गिरीलाई ५ पटक नगदसहित पुरस्कृत गरेको थियो भने अन्य सरोकारवाला निकायहरुले पनि प्रशंसा पत्रले सम्मान गरेका थिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech