Close This

करिब डेढ लाखको भन्सार छलीको सामान प्रहरीको नियन्त्रणमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-९-२९ गते   १२५५ पटक हेरिएको

सर्लाहीका विभिन्न स्थानबाट प्रहरीले करिब डेढ लाख बराबरको भन्सार छलीका विभिन्न सामानहरु बरामद् गरेको छ । जिल्लाको बरहथवा नगरपालिका ५ र १० बाट का साथै गोडैता नगरपालिका १२ बाट गरी विभिन्न प्रकारका भन्सार छलीका सामान अन्दाजी रु एक लाख ३३ हजार सात सय बराबरको नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेश राज सुवेदीले जानकारी दिए ।
उनका अनुसार बरहथवा नगरपालिका ५ नेपाल बैंक नजिकै ग्स्तीमा खटिएको ईलाका प्रहरी कार्यालय बरहथवाको प्रहरी टोलीले बरहथवाबाट मलंगवातर्फ जाँदै गरेको बा १ ख ५४२१ नम्बरको बसलाई रोकी चेकजाँच गर्दा बस भित्र अवैध रुपमा भंसार चोरी छली ल्याएको चुरा  एक सय २६ सेट अन्दाजी मुल्य ३३ हजार सात सयको गोडैता नगरपालिका १२ मधुवनीगाउँ स्थित प्रहरी चौकी मधुवनीगाउँबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको जुटको बोरामा ८ बोरा भेली मिठा अन्दाजी ४० हजारको बरहथवा नगरपालिका १० सितापुर चोक स्थितबाट भन्सार छली चोरी पैठारी गरी बोरामा मोटरसाईकलमा राखि मोटरसाईकलका बिभिन्न पार्टपुर्जा अन्दाजी मुल्य रु ६० हजार गरी कुल रु अन्दाजी एक लाख ३३ हजार सात सयको भन्सार छलीको सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका सामानहरु प्रहरीकोनियन्त्रणमा राखि आवश्यक अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक बिजय यादवले जानकारी दिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech