दुर्गा कुमारी अधिकारी
सर्लाहीको हरिवन नगरपालिका ५, घुर्कौलीको स्थानीय साना किसान कृषि सहकारी संस्था लि.लाई अनुदानमा ट्याक्टर सहयोग प्राप्त भएको छ । हरिवन नगरपालिका ५ को ८० प्रतिशत रकम बेहोरेर एक थान ट्याक्टररवन नगरपालिका ५, घुर्कौलीको स्थानीय साना किसान कृषि सहकारी संस्था लि.लाई अनुदानमा सहयोग गरेको हरिवन नगरपालिका ५ का वडा अध्यक्ष नागेन्द्रकुमार साहले जानकारी दिए ।

उनका अनुसार वडा कार्यालयले रु १० लाख र सहकारी संस्था लि.ले रु दुई लाख ५० हजार रकम बेहोरेर ट्याक्टर खरिद गरिएको हो । जोतन, ढुवानीलगायतका कृषि कार्यमा किसानलाई विशेष सहुलियत होस् भन्ने लक्ष्यका साथ अनुदानमा ट्याक्टर खरिद गरि हस्तान्तरण गरिएको वडाध्यक्ष साहले बताए ।

पछिल्लो समय उत्पादन लागत अत्यन्तै बढिरहेको तर उत्पादित कृषि उपजले राम्रो मूल्य नपाइरहेको अवस्थामा किसानहरु चिन्तित देखिएका र उनीहरुलाई थोरै भएपनि राहत महसुस होस भनेर वडाले अनुदान दिएर ट्याक्टर खरिद गरि हस्तान्तरण गरेको वडा कार्यालयले जनाएको छ । जसबाट किसानहरुलाई उत्पादन लागत घटाउन सहयोग पुग्ने विश्वास लिईएको वडा अध्यक्ष साहले बताए ।
