लगातारको अविरल वर्षाका कारण बाढी तथा डुवानबाट सर्लाहीमा तीन जनाको ज्यान गएको छ।असोज १० गतेदेखि १२ गते सम्म लगातार परेको अविरल वर्षा र त्यसपछिको बाढी तथा डुबानमा परेर सर्लाहीको बागमती नगरपालिका ९ सक्रोलका अन्दाजी वर्ष १५ का मुकेश मतहो,बलरा नगरपालिका ३ लक्ष्मीपुरका अन्दाजी वर्ष १३ का अंकित ठाकुर र बलरा नगरपालिका १ हथियौलका अन्दाजी वर्ष २७ का पवन गिरीको लगातारको वर्षापछि बागमती तथा सोती खोलामा आएको बाढीमा परी मृत्यु भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिए ।
उनका अनुसार बलरा नगरपालिका ३ लक्ष्मीपुरका ठाकुर र बलरा नगरपालिका १ हथियौलका गिरीको बागमती नदीमा आएको बाढीमा परेर ज्यान गएको हो भने बागमती नगरपालिका ९ का महतोको स्थानीय सोती खोलामा आएको बाढीमा परेर ज्यान गएको हो ।
बाढी तथा डुबानका कारण सर्लाहीको रामनगर,ब्रम्हपुरी,धनकौल,बसबरिया, चन्द्रनगर,चक्रघट्टा र कौडेना गाउँपालिकाका साथै बलरा र बरहथवा नगरपालिकाका गरी दुई सय ३६ घरहरुमा पुर्ण रुपमा क्षेती पुगेको छ भने पाँच सय ३९ घरहरुमा आंशिक तथा एक हजार तीन सय ६९ घरहरु डुबानमा परेको जिल्ला प्रशासन कार्यालय मलंगवा,सर्लाहीले जारी गरेको क्षतीको विवरण सम्बन्धी रिपोर्टमा उल्लेख गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीले जारी गरेको विवरणमा बलरा नगरपालिकाको वडा नम्बर १,२,३,४,५,९,१० र ११ नम्बरमा गरी एक सय छ घर,रामनगर गाउँपालिकाको वडा नम्बर १ र २ मा गरी ८० घर, धनकौल गाउँपालिका ३ मा १० घर,बसबरिया गाउँपालिका २ मा आठ घर,चन्द्नगर गाउँपालिका ३ र ४ मा गरी पाँच घर,चक्रघट्टा गाउँपालिका ३,४ र ५ मा १९ घर,कौडेना गाउँपालिका १ मा आठ घर गरी कुल दुई सय ३६ घरहरुमा पुर्ण रुपमा क्षेती पुगेको उल्लेख गरिएको छ ।
लगातारको जिल्ला भएर बहने बागमती,लखन्देही,झिम,फुलजोरका साथै मनुष्मारा नदीको बाँधमा क्षेती पुर्याई बस्तीमा पस्दा जिल्लाका एक हजार तीन सय ६९ घर डुबानमा परेका जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीले मंगलबार जारी गरेको विवरण नोटमा उल्लेख गरिएको छ । २० वटा पालिका रहेको सर्लाहीका अन्य स्थानहरुमा क्षेती भए नभएको एकिन विवरण आउन बाँकी रहेको र मंगलबार जारी गरेको विवरणमा थप हुन सक्ने प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।राष्ट्रिय विपद्को रुपमा रहेको लगातारको वर्षाका कारण जिल्लाका सडक तथा पुल पुलेसाहरुका साथै नदी बाँधहरुमा खासै क्षेत्ती नगरेको विवरणमा उल्लेख गरिएको छ ।