नेकपा (एकीकृत समाजवादी) को भातृसंगठन अनेरास्ववियू सर्लाहीको अध्यक्षमा विनोद रेग्मी चयन हुनु भएको छ ।आज(शनिवार)जिल्लाको बागमती नगरपालिकाको सभा हलमा सम्पन्न अनेरास्ववियूको प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाबाट रेग्मीको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो ।
कमिटीमा जितेन्द्र महतो उपाध्यक्ष, चन्द्रकिशोर साह सचिव, आरती साह सहसचिव, वुद्धिमाया घिसिङ कोषाध्यक्ष लगायत अन्य सदस्यहरु चयन भएका आयोजकले बताएको छ । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) निकट अनेरास्ववियूका केन्द्रीय सदस्य राजकुमार विश्वकर्माको अध्यक्षता तथा अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीको प्रमुख आतिथ्यतामा प्रदेश २ स्तरीय भेला सम्पन्न भएको हो ।
भेलामा प्रदेश सभा सदस्य बेची लुंगेली, अनेरास्ववियूकी केन्द्रीय महासचिव आरती लामा र प्रदेश २ का आठै जिल्लाका विद्यार्थी नेताहरुको उपस्थिति रहेको अनेरास्ववियूका केन्द्रीय सदस्य विश्वकर्माले जानकारी दिनु भयो ।