सर्लाही र सिन्धुलीका अस्पतालमा मौसमी फ्लुका बिरामीको चाप

359 Shares

सर्लाहीमा पछिल्लो समय झाडापखालाको बिरामी बढदै गएका पाइएको छ।पछिल्लो समयमा प्रतिदिन १० देखि १२ जना झाडापखालाको बिरामी उपचारका लागि आउने गरेको प्रादेशिक अस्पताल मलंगवा सर्लाहीले जनाएको छ ।बारा र पर्सामा हैजा रोगको महामारी फैलिएकाले प्रादेशिक असपताल मलंगवा सर्लाहीमा उच्च सतर्कता अपनाईएको अस्पताल प्रशासनले जनाएको छ।अस्पतालका अनुसार झाडापखालाको बिरामी दिनहु बढदै गएपनि हाल सम्म बिरामीहरुमा हैजा पुष्टि भएको छैन । हैजा महामारी नियन्त्रण तथा रोकथामका लागि प्रादेशिक असपताल मलंगवा सर्लाही पुर्ण रुपमा तयारी अवस्थामा रहेको छ ।
कुनै पनि महामारी नियन्त्रणका लागि हाम्रो टिम तयारी अवस्थामा छ।गएको केहि दिन यता झाडापखालाको बिरामीको संख्या हवात्तै बढेको छ।झाडापखालाका केहि बिरामीहरुलाई रेफर समेत गरिएको भएपनि कुनैपनि बिरामीलाई हैजा प्रमाणित नभएको अस्पताल प्रशासनले जनाएको छ ।

t.jpg
त्यसैगरी,सिन्धुली अस्पतालमा मौसमी फ्लुका बिरामीको चाप बढेको छ।दुषित पानी र खानपानका कारण ज्वरो, टाइफाइड, झाडापखाला र दम लगायतका बिरामीहरूको संख्या अघिल्लो महिना दैनिक तीन सयको हाराहारीमा रहँदै आएकोमा अहिले बढेर पाँच सयसम्म पुगेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अभिषेक थपलियाले जानकारी दिए ।
उनका अनुसार दैनिक चारदेखि पाँच सय बिरामी ओपीडीमा आउँने र ईमर्जेन्सीमा मात्रै पनि करिब ५० जना बिरामी उपचारका लागि आउने गरेका छन्।जसमा “सिजनल फ्लु” नै देखिएको छ।अस्पतालमा भर्ना भएका बिरामीहरुमा धेरैजसो ज्वरो,झाडापखाला,टाइफाइड र दम रोगका रहेका छन् ।
सल्यक्रिया सहितको सेवा सुरु गरेपछि बिरामीको संख्यामा समेत वृद्धि भएको छ।विगतमा सर्जरीका लागि काठमाडौं वा अन्य सहर धाउनुपर्ने बाध्यता रहेकामा अहिले जिल्लाकै सबैभन्दा ठूलो स्वास्थ्य संस्था सिन्धुली अस्पतालमा विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध भएपछि बिरामीको आकर्षण बढेको हो ।
 अस्पतालले पछिल्ला पाँच वर्षयता विशेषज्ञ चिकित्सा सेवा विस्तार गर्दै आएको छ, जसका कारण स्थानीयले विश्वासपूर्वक उपचारका लागि अस्पताल रोज्न थालेका छन् ।५० शैयाबाट क्षमता विस्तार गरी हाल सय शैयासहित सञ्चालित अस्पतालमा ११ जना विशेषज्ञ चिकित्सक र नौ जना मेडिकल अधिकृत कार्यरत रहेका अस्पताल विकास समितिका अध्यक्ष शतिष चन्द्र ढकालले बताए ।उनका अनुसार समय यता औषधीको अभाव सृजना हुन थालेको छ ।
राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले अस्पताललाई दिनुपर्ने करिब रु सात करोड रकम लामो समयदेखि भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा चुनौती आएको अस्पताल विकास समितिले जनाएको छ ।अस्पतालको फार्मेसीमा निःशुल्क उपलब्ध हुने ९८ प्रकारका औषधी मध्ये अधिकांश सकिएका छन्।स्वास्थ्य बीमा गरेका बिरामीले अहिले बाहिरका औषधी पसलबाट औषधी किन्नुपर्ने बाध्यतामा रहेका छन् ।

सम्बन्धित समाचार