सर्लाहीमा करिब ५ हजार मतदाता थपिए, ६ वटा मतदानस्थल गाभिए

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-१० गते   ६५५ पटक हेरिएको

सर्लाहीमा मतदाताको संख्या ४ लाख ७९ हजार भन्दा बढी पुगेको छ । जिल्ला निर्वाचन कार्यालय सर्लाहीको तथ्यांक अनुसार जिल्लामा कुल मतदाताको सख्या ४  लाख ७९ हजार ३८ पुगेको हो।
स्थानिय निकायको निर्वाचन २०७९ वैशाखमा जिल्लामा ४ लाख ७४ हजार ४ सय ३९ रहेको मतदाता संख्या करिब ५ हजार बढेको  जिल्ला निर्वाचन कार्यालय सर्लाहीका जिल्ला निर्वाचन अधिकृत निर्मल पोख्रेलले जानकारी दिए । उनका अनुसार अहिले ४ हजार ५ सय ९९ मतदाता थपिएका छन् । कुल मतदातामध्ये २ लाख ५९ हजार ४ सय १४ जना पुरुष, २ लाख १९ हजार ६ सय १४ जना महिला र १० जना अन्य रहेका जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
यस्तै,जिल्लामा ३ सय १२ वटा मतदातस्थल र त्यस अन्तर्गत ६ सय मतदान केन्द्र कायम भएका छन्। यसअघि जिल्लामा ३ सय १८ मतदानस्थल र ५ सय ९९ मतदान केन्द्र रहेका थिए। अहिले ६ वटा मतदानस्थल नजिकैको अर्को मतदानस्थलमा गाभिएको जिल्ला निर्वाचन अधिकृत पोखरेलले बताए ।
मतदातालाई भौगोलिक रुपमा अपायक पर्ने,मतदानस्थलका लागि आवश्यक पर्ने भौतिक संरचना नरहेका ६ वटा मतदानस्थललाई नजिकैको अर्को मतदानस्थलमा गाभिएको कार्यालयले जनाएको देश भरकैसबै भन्दा धेरै २० वटा स्थानिय निकाय रहेकोमा११वटा नगरपालिका र ९ वटा गाउँपालिका रहेका छन् । जिल्लामा ४ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ८ वटा प्रदेश सभा  निर्वाचन क्षेत्र रहेका छन् ।
यस्तै,१८ वटा मतदानस्थललाई अर्को नयाँ ठाउँमा मतदानस्थल कायम गरी त्यहाँ स्थानान्तरण गर्ने निर्वाचन आयोगबाट स्वीकृत भएर आएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख पोखरेलले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech