Close This

भारतिय नम्बर प्लेटका सवारीको तथ्यांक पनि राखिने, घुमुवारहित जिल्ला बनाउँदै सर्लाही प्रहरी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-७-२० गते   ५५ पटक हेरिएको

सर्लाही प्रहरीले सबै प्रकारका भारतिय नम्बर प्लेटका सवारी साधनहरुको तथ्यांक संकलन गर्ने भएको छ । सवारी दुर्घटना न्युनिकरण तथा गैर कानुनी धन्दा न्युनिकरण गर्न भन्दै प्रहरीले भारतिय नम्बर प्लेटका सबै प्रकारका सवारी साधनहरुको तथ्यांक संकलन गर्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरिक्षक एवम प्रहरी प्रवक्ता माधव प्रसाद बुढाथोकीले जानकारी दिनु भयो । 
उहाँकाअनुसार छठ पर्व सकिए लगतै सबै प्रकारका भारतिय नम्बर प्लेटका सवारी साधनहरुको विवरण,त्यस्ता सवारी साधनहरु कहाँ र कसले सञ्चालन गरि रहेको छसो को तथ्यांक संकलन गर्ने काम हुनेछ ।
त्यसैगरी जिल्लालाई घुमुवा प्रहरीरहित जिल्ला बनाइएको छ । आपराधिक गतिविधि र अन्य घटनाहरुको सूचना सङ्कलनका लागि खटाइने गरिएको घुमुवा प्रहरी हटाएर सर्लाही प्रहरीले घुमुवा प्रहरीरहित जिल्ला बनाएको हो ।
घुमुवा प्रहरीले जिम्मेवारीअनुसार काम नगरेर सङ्गठनकै बद्नाम गर्न थालेपछि घुमुवा प्रहरी नै हटाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिनु भयो । उहाँका अनुसार शिविल प्रहरी (घुमुवा) ले सूचना दिनेभन्दा बढी आफ्नो संगठन विपरित काम गर्दै संगठनको नै बद्नाम गराउन थालेकाले हटाइएको हो ।
“जिल्लाबाट खटाइएका ४ जना र मातहतका युनिटहरुमा रहेका अन्य सिविल प्रहरीले सूचना दिनेभन्दा बढी बद्नाम गर्ने काम गरे, म आएपछि उनीहरुलाई हटाइसकेको छु” प्रहरी उपरीक्षक प्रसाईले बताउनुभयो, “अब कुनै घटना भए घटनाको प्रकृतिअनुसार जिल्ला र मातहतका यूनिटहरुबाटै विशेष प्रहरी टोली परिचालन हुन्छ ।” 
स्थानीयवासी, तालूक कार्यालय, संचारकर्मी, अन्य सरोकारवाला लगायतबाटै सूचना लिएर शान्तिसुरक्षा कायम गर्दै आपराधिक गतिविधि नियन्त्रणका लागि काम गर्ने योजना बनाइएको प्रहरी उपरीक्षक प्रसाईले बताउनुभयो । उहाँकाअनुसार यसअघि सिविलमा खटाइएका प्रहरीलाई पोसाक लगाएर नियमित डिउटीमा लगाइसकिएको छ ।
प्रहरी उपरीक्षक प्रसाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा हाजिर भए लगतैदेखि जिल्लामा रहेका घुमुवा प्रहरी हटाउने तयारीमा रहनु भएको थियो । प्रसाईले प्रहरी सङ्गठनभित्रका कमी कमजोरीलाई सुधार गर्दै आम नागरिकले न्याय र शान्ति सुरक्षाको महशुस गर्नेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यस अघि प्रहरी नायव उपरिक्षक हुँदा पनि सर्लाहीमा एक कार्यकाल बसि सक्नु भएका प्रहरी उपरिक्षक प्रसाईबाट सर्लाहीबासीले शान्ती,सुरक्षा अमन चयनको अपेक्षा गरेका छन् ।
सिमानाकाका पोष्ट खान होईन डियटी गर्न जाने भन्ने मनसाय बनाउन पनि उहाँले आफ्नो माताहतका प्रहरी कर्माचारीहरुलाई आग्रह गर्नु भएको छ । प्राय प्रहरी कर्माचारीहरुको मनसाय सिमानाकामा रहेका प्रहरी युनिटहरुमा जान पाउँदा कमाउन सकिन्छ भन्ने मानसिकता रहेको स्मरण गर्दै उहाँले सिमानाका पोष्टहरु खान होईन । डिउटि गर्न जाने मनसाय बनाउन आग्रह गर्नु भएको प्रहरी कर्माचारीले बताएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech