बागमतीमा सामुदायिक विद्यालयहरुका विद्यार्थीहरुलाई“एक विद्यार्थी एक सीप कार्यशाला”

283 Shares

सर्लाहीको बागमती नगरपालिकाले वर्षे बिदाको समयमा विद्यार्थीहरुको सिप विकासका लागि भन्दै “एक विद्यार्थी एक सीप कार्यशाला”सञ्चालन गरेको छ । बिदाको समयमा विद्यार्थीहरुको ध्यान अन्यन्त्र जाने भएकाले त्यो ध्यान अन्यन्त्र नजाओस भन्नका लागि बिदाको समय भएपनि “एक विद्यार्थी एक सीप कार्यशाला”सञ्चालन गरिएको बागमती नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाका मिन प्रसाद उपाध्यायले जानकारी दिए ।उनका अनुसार नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा सरकारी नियमानुसार हुने छ वटा बिदा फरक फरक ६ वटा कार्यशाला सञ्चालन गर्ने गरिएको छ ।
विद्यार्थीहरूलाई विद्यालय स्तरमै व्यवहारिक ज्ञान र जीवन उपयोगी सीप विकास तालिमको उद्देश्य सहित कार्याशाला सञ्चालन गरिएको हो।विगत तीन वर्ष देखी वर्षे बिदाको समयमा विभिन्न किसिमका सीप विकास तालिम सञ्चालन गर्दै आएको बागमती नगरपालिकाले समय समयमा नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुका विषयगत शिक्षकहरुलाई सम्बन्धीत विषयको प्राविधिक तथा व्यवहारीक तालिमहरु समेत सञ्चालन गर्ने गरिएको बागमती नगरपालिकाका कार्यवाहक नगर प्रमुख कृष्ण कुमार लामाले बताए ।उनका अनुसार यस पटक पाँच वटा माध्यामिक र दुई वटा आधारभुत गरी सात वटा विद्यालयका दुई सय १० जना छात्रछात्राहरू “एक विद्यार्थी एक सीप कार्यशाला”मा सहभागी गराईएको छ ।
 विद्यार्थीहरूलाई समुह बनाएर उद्घोषण तथा सार्वजनिक भाषण कला,चित्रकला,हस्तलेखन, वाइरिङ र रिपेयरिङ,विज्ञान प्रयोगशाला र कविता लेखन तथा वाचन कला सम्बन्धी सीप तालिम प्रदान गर्ने गरिएको बागमती नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाले जनाएको छ । 

सम्बन्धित समाचार