Close This

बसको ढोकामा ठोकिएर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-३२ गते   ५९३ पटक हेरिएको

सिन्धुलीको मरिणमा बसबाट ओर्लन क्रममा ढोकामा ठोक्किएर घाइते भएकी महिलाको आइतबार मृत्यु भएको छ । साउन १३ गते मरिण गाउँपालिका–२ सखौरिस्थित मदन भण्डारी राजमार्गमा बसबाट ओर्लने क्रममा बसको ढोकामा ठोकिएर घाईते भएकी महिलाको आईतबार मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ ।
हरिहरपुरगढी गाउँपालिकाबाट मरिण तर्फ आउँदै गरेको बा २ ख ९४२१ नम्बरको बसमा सवार सखौरीकी अन्दाजी बर्ष ३७ कि तारादेवी बलमपाकी बसको ढोकामा ठोक्किएर घाइते भएकी थिएन ।

बसको ढोकामा ठोक्किएर टाउकोमा चोट लागेकी बलम्पाकीको धुलिखेल अस्पतालमा  उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech