सर्लाहीको विष्णु गाउँपालिका १ स्थित नेपाल–भारत सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको ठुलो रकम सहित एक युवक पक्राउ परेका छन् । विष्णु गाउँपालिका १ बाराउद्योरणबाट स्रोत नखुलेको करिब रु १७ लाख सहित एक युवकलाई शसस्त्र प्रहरीले पक्राउ गरेको हो ।
बागमती नगरपालिका १० का २३ वर्षीय सुमन विक स्रोत खुल्न नसकेको रु १७ लाख ८२ हजार ५ सय सहित पक्राउ परेका शसस्त्र प्रहरी बल नेपाल नं १० हे.क्वा गणका गणपति शसस्त्र प्रहरी उपरिक्षक भरत खनियाँले जानकारी दिनु भयो । उहाँका अनुसार विकलाई प्रदेश ०२–००६ प ३४५१ नम्वरको मोटरसाइकलमा हिँडिरहेको अवस्थामा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) बाराउद्योरणबाट खटिएको शसस्त्र प्रहरीको गस्ती टोलीले पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीले विकको साथबाट ५ ग्राम २ सय ७० मिलिग्राम लागूऔषध खैरो हिरोइन र ३ थान मोवाइल सेट समेत बरामद गरेको छ । उनलाई थप अनुसन्धानका लागि मोटरसाइकल र लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा तथा बरामद रकम जिल्ला भन्सार कार्यालय सर्लाहीमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक खनियाँले जानकारी दिनुभयो ।
पहिल्लो समय शसस्त्र प्रहरीले आफ्नो डिउटीमा तादरुकता देखाएपछि विभिन्न अवैध धन्दामा संग्लग्न मानिसहरुका साथै अवैध सामानहरु धमाधम नियन्त्रणमा लिएको छ ।