राजनीति दलको आडमा प्रक्रिया विपरित चल्दै इश्वरपुर १४ हरकठवाको जनता प्रा.विका पधानाध्यापक थारु

285 Shares

सत्ता साझेदार दल नेकपा (एमाले) र नेपाली कांग्रेसले नीतिगत निर्णयको प्रक्रियामा सहभागी कर्मचारीलाई ट्रेड युनियनमा आबद्धता दिन नहुने विषयमा जोड दिएका भएपनि धेरै निजामती तथा अन्य सेवा तर्फका कर्मचारीहरु विभिन्न राजनीतिक दलहरुको भातृ तथा शुभेच्छुक संघ/संगठनमा जोडिएका पाइएको छ ।राज्यले तोकेको काम गर्ने कसम खाएर सरकारी सेवामा प्रवेश गरेका विभिन्न पेशागत कर्मचारीहरु आफ्नो कार्यालय भन्दा राजनीतिक दलको भातृ तथा शुभेच्छुक संघ/संगठनमा पहिला पुग्ने र उसैको निर्देशन अनुसार काम गर्ने गरेका पाइएको हो ।
सर्लाहीको इश्वरपुर नगरपालिका १४ स्थित हरकठवामा रहेको जनता प्रा.वि.मा राहत(करार) शिक्षक नियुत्तीमा प्रक्रिया विपरित रहेको भन्दै शिक्षा विकास तथा समन्वय ईकाई मलंगवा सर्लाहीले पत्राचार गरेपछि कमालमाई मिडिया प्रा.लिको कमला टाईम्स दैनिक पत्रिका र कमलामाई खबर डटकम अनलाईन पत्रिकामा समाचार प्रकाशन भएपछि सो रहस्य बाहिरिएको हो ।इश्वुरपुर नगरपालिका १४ स्थित हरकठवाको जनता प्रा.विले मंसिर ६ गते एक सूचना जारी गर्दै माग गरिएको राहत कोटामा एकजना शिक्षक भर्ना प्रक्रिया शिक्षा ऐन २०२८ (संशोधन समेत) र शिक्षा नियमावली २०५९ (संशोधन समेत)को दफा ९६ बमोजिम नभएको पाइएपछि शिक्षा विकास तथा समन्वय ईकाई मलंगवा सर्लाहीले मंसिर २० गते विद्यालयलाई करारमा शिक्षक छनौट गर्न हालसम्म गरेको कारवाहीहरुको प्रमाणित छाँया प्रति पेश गरी यस इकाइबाट कानून बमोजिमको प्रकृया रहे नरहेको यकिन भई मात्र करार शिक्षक छनौट प्रकृया अगाडी बढाउनु रहाललाई सो प्रक्रिया रोक्न निर्देशन सहितको पत्र पठाएको भएपनि विद्यालयका प्रधानाध्यापक अन्जु हजेदार थारुले सो पत्रलाई वेवास्था गर्दै नेपाली कांग्रेस निटक नेपाल शिक्षक महासंघ इश्वरपुर नगर समितिको निर्देशन पालना गरेका पाइएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पटक,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक पटक र शिक्षा विकास तथा समन्वय ईकाई मलंगवा सर्लाहीले समेत जिल्लाका सबै स्थानीय तहहरुलाई २०७१ माघ ७ गते नै शिक्षक भर्ना तथा सरुवा गर्ने अधिकार स्थानीय तहहरुलाई नरहेको भन्दै शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीले पत्राचार गरेको थियो ।शिक्षा ऐन,२०२८ (संशोधन सहित) तथा शिक्षा नियमावली,२०५९ (संशोधन सहित) हालसम्म कार्यान्वयनमा रहेको हुदाँ करार शिक्षक नियुक्ति गर्दा नियुक्तिको प्रक्रियाका सम्बन्धमा सोही नियमावलीको नियम ९६(क) र ९७ मा स्पष्ट व्यवस्था भएको र शिक्षक सरुवा गर्ने अधिकार सोही ऐनको दफा १६ (ज) एवम सोही नियमावलीको नियम ९९ बमोजिम शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखले गर्ने व्यवस्था उल्लेख भएको तथा स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को परिच्छेद ३ को दफा ११ को २ को (ज) मा स्थानीय तहको आधारभूत तथा माध्यमिक शिक्षा सम्बन्धी काम,कर्तव्य र अधिकारमा उल्लेखित २३ वटा बुदाँमा करारमा शिक्षक नियुक्ति एवम सरुवा सम्बन्धी व्यवस्था उल्लेख नभएको हुदाँ करारमा शिक्षक नियुक्ति तथा सरुवा शिक्षा विकास तथा समन्वय इकाइको समन्वय,सहयोग र सहकार्यमा मात्र गर्नु/गराउनु हुन अन्यथा शिक्षा ऐन/नियमावली विपरित हुने भन्दै जिल्लाका सबै  स्थानीय तहहरुलाई पत्राचार गरिएको शिक्षा विकास तथा समन्वय ईकाई मलंगवा सर्लाहीले जनाएको छ । तर सर्लाहीका अधिकांश स्थानीय तहहरुले माथिल्लो निकायको परिपत्रलाई वेवास्था गर्दै आफुखुसी शिक्षक नियुक्त गर्ने तथा सरुवा गर्ने काम गरि रहेका पाइएको छ ।
सो विद्यालयमा  १६ जनाले आवेदन दिएका भएपनि शिक्षक सेवा आयोगले लिएको परीक्षमा करार सूचिमा परेका आवेदकलाई प्राथमिकता दिईने प्रक्रिया अनुसार रहेको र आवेदन दिएका मध्य चार जना शिक्षक सेवा आयोगले लिएको परीक्षमा करार सूचिमा परेका आवेदकहरु रहेका थिए। प्रक्रियागत रुपमा ती चार जनामध्यबाट रोलक्रमको आधारमा अगाडि रहेका आवेदकलाई विषय विज्ञ सहितको शिक्षक छनोट समितिले छनोट गर्ने र त्यसपछि विद्यालय व्यवस्थापन समितिको बैठक बसी नियुक्त गर्न सक्ने प्रावधान भएपनि जनता प्रा.विको सवालमा प्रक्रिया पुरा नगरेको पाइएको शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीले जनाएको छ ।
करारमा शिक्षक नियुक्त गर्न विज्ञापन गर्नु पुर्व शिक्षा विकास तथा समन्वय ईकाई मलंगवा सर्लाहीसंग सहमती तथा अनुमती नलिएको र शिक्षक छनोट समितिमा विज्ञ राख्दा शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीले सार्वजनिक गरेको विज्ञहरुको सूचि अनुसार गर्नुपर्नेमा विज्ञ समेत नियुक्त नगरी सिधै विद्यालयका प्रधानाध्यापक थारुले करार सूचिमा परेका बलराम जैसीलाई नियुक्त गरेका थिए ।प्रक्रिया विपरित नियुत्त गरिएका शिक्षक जैसी हाल पनि अध्यापन गराई रहेका छन् भने विद्यालयले शिक्षा विकास तथा समन्वय ईकाई मलंगवा सर्लाहीसंग कुनै कुराको जिज्ञासा समेत नराखेको बरु नेपाल शिक्षक महासंघ इश्वरपुर नगर समितिको निर्देशनमा चल्ने गरेको पाइएको हो ।
शिक्षा नियमावली २०५९ (नवौं संसोधन) को नियम ९७ मा करारमा शिक्षक नियुक्ति सम्बन्धि व्यवस्था गरेको छ।उक्त नियमको उपनियम (१) र (२) मा नेपाल सरकारबाट स्वीकृत दरबन्दीमा स्थायी शिक्षक नियुक्ती हुन नसकी तत्काल करारमा शिक्षक नियुक्ति गर्नुपर्ने भएमा आयोगबाट करारमा शिक्षक नियुक्तिका लागि प्रकाशित भएको सुचीमा रहेका उम्मेदवारहरू मध्येबाट व्यवस्थापन समितिले बढीमा एक शैक्षिक सत्रका लागि करारमा शिक्षक नियुक्ति गर्न सक्ने प्रावधान रहेको भएपनि नियुत्ती प्रक्रियामा पालना गर्नु पर्ने प्रावधान विपरित नियुक्त गरिएको भन्दै शिक्षा विकास तथा समन्वय ईकाई मलंगवा सर्लाहीमा उजुरी समेत परेको पाइएको छ ।
नेपाल सरकार शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले २०८१ बैशाख ७ गते राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको शिक्षक/कर्मचारीलाई कार्यवाही गर्न भन्दै देशभरीका सबै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई परिपत्र समेत गरेको थियो ।मन्त्रालयको पत्रमा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक/कर्मचारीहरुले विभिन्न राजनीतिक दलको सदस्यता लिएको,कार्यकारिणी समितिमा रहेको महाधिवेशन प्रतिनिधि भएको जस्ता विषय उल्लेख गरी मन्त्रालयमा प्राप्त निवेदनहरुका सम्बन्धमा राजनीतिक दलमा संलग्न शिक्षक/कर्मचारीहरुलाई शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ को प्रावधान साथै उच्च अदालत पाटनको रिट नं. ०७८–WO–०४०८,निर्णय नं. ३३६ मा राजनीतिक दल सम्बन्धी  ऐन, २०७३ को दफा १४ र दफा ५७ तथा शिक्षा ऐन, २०२८ को दफा १६(ङ) को उपदफा(५) को खण्ड (छ) मा रहेको कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नु गराउनु भनी विपक्षीहरुका नाममा परमादेशको आदेश जारी हुने ठहर्छ भनी भएको आदेश समेतको आधारमा पदबाट हटाई सो को जानकारी मन्त्रालयमा गराउने र यस्तै प्रकृतिका थप उजुरी निवेदनहरुको सम्बन्धमा समेत निरन्तर कारवाही गर्ने भनी मिति २०८१ बैशाख ०४ गते मन्त्रीस्तरीयको निर्णय भइ आएकोले सोही बमोजिम कार्यान्वयन गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ।भन्दै पत्राचार गरिएको थियो ।तर शिक्षा विकास तथा समन्वय ईकाई मलंगवा सर्लाहीले यस विषयमा चासो नदेखाउँदा विद्यालयलाई शान्ती क्षेत्र घोषणा गरी राजनीतिक मुक्त बनाउने भनिएको भएपनि त्यो कार्यन्वयनमा आउन सकेको छैन् ।

सम्बन्धित समाचार