आगामी फागनु २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर २ का आम मतदाताको रोजाईमा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार एवम निवर्तमान प्रतिनिधि सभा सदस्य लेखानाथ दाहाल (राजन) परेका छन् ।सिन्धुलीको समग्र विकास निर्माण,नेतृत्वदायी भूमिका,सरल,इमान्दार र भूईमान्छेको प्रतिनिधिका रुपमा परिचित भएका राजन फेरी क्षेत्र नम्बर २ का मतदाताको रोजाईमा परेका हुन ।
नेकपाबाट“तारा”चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा रहेका राजनबाट मात्र सिन्धुलीको समृद्धि सम्भव भएको भन्दै जिल्लाका अधिकांस मतदाता राजनलाई तारा चुनाव चिन्हमा मतदान गर्ने पक्षमा उभिएपछि अन्य दलका उम्मेदवारहरुको होस हवास उडेको छ।सिन्धुली क्षेत्र नम्बर २ मा आगामी निर्वाचनमा विभिन्न दल र स्वतन्त्र गरी १६ जना उम्मेदवाहरु चुनावी मैदानमा छन्।तर,जिल्लाका आम मतदातको घरदैलोमा सुख,दुःखमा साथ, सहयोग गर्नु पुग्ने एकमात्र उम्मेदवार राजन नै रहेकाले उनैलाई यसपटक पनि मतदान गरी जिताउने पक्षमा सिन्धुली क्षेत्र नम्बर २ का मतदाताहरु पुगेका हुन ।
कतिपय नेता चुनावको समयमा मात्र नागरिकालाई झुक्याएर मत माग्न आउने र त्यसपछी फर्केर गाउँ नआउने गरेका भएपनि राजन हरेक समस्यामा होस वा खुसीयालीमा जनताकै साथमा हुने भएकाले पनि यसपटक पनि राजनले नै मतदाताको मन जित्न सफल भएको चर्चा गर्न थालिएको छ ।
२०७९ को निर्वाचनमा समेत यसै क्षेत्रबाट भारी मतले विजयी भएका प्रतिनिधि सभा सदस्य राजन विकृति,विसंगती,कुरीति।कुसंस्कार र वेतिथीका विरुद्ध संसदमा खरोरुपमा प्रस्तुत हुने नेता हुन।राजन सिन्धुलीको समग्र विकासमा साझा अभिभावकका रुपमा उभिदै आएका कारण यस पटक पनि उनलाई मत दिएर विजयी गराउने सोचमा आफुहरु रहेको मतदाताहरुको भनाई छ ।२०७४ को निर्वाचनमा बागमती प्रदेश सभा सदस्य हुँदा जिल्लाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका राजनले २०७९ को निर्वाचनमा प्रतिनिधि सभा सदस्य भएदेखिनै जिल्लाको विकास र समृद्धिमा अतुलनीय योगदान पु¥याएका मतदाताहरुको भनाई छ ।
कमलामाई नगरपालिकामा ट्रमा सेन्टर निर्माण,मरिण र हरिहरपुरगढी गाउँपालिकालाई औद्योगिक क्षेत्र बनाउने योजना,सिन्धुलीलाई शैक्षिक र पर्यटन हबको रुपमा विकास गर्न पहल गर्ने,एक घर एक धारा र राष्ट्रिय प्राथमिकताको आयोजनाहरुलाई समयमै सम्पन्न गर्नका लागि जोड दिने एक मात्र नेता भएकाले राजनलाई नै मतदान गर्ने उनीहरुको अठोट छ ।
सुनकोशी–मरिण ड्राइभर्सन,कोखाजोर जलासययुुक्त आयोजना,चियाबारी–खुर्कोट सुुरुङमार्ग र मरिणमा अवस्थित राँगाको मासु निर्यात गर्ने योजना बनाएर चुनावी मैदानमा उत्रिएका राजनले फेरी पनि नागरिका मन जित्ने मतदाताहरुले विश्वास लिएका छन् ।
सिन्धुलीमा खानेपानी समस्याको समाधान,कृषिमा आधुनिकीकरण र व्यवसायिकरण, यान्त्रिकरणको माध्यमवाट स्थानीय,प्रदेश र संघीय सरकारको साझेदारीमा पालिकामा उत्पादन हुने अन्न,तरकारी र जडिबुुटी लगायत वस्तुहरुको पहिचान र पकेट क्षेत्र निर्धारण गरि व्यवसायिकतामा जोड दिने योजना राजनसंग मात्रै रहेको मतदाताहरुको ठहर छ ।
सामुदायिक विद्यालयको गुणस्तर सुधार र शैक्षिक हव निर्माण गर्न पहल गर्ने,सिन्धुलीको पुरातात्विक,धार्मिक,साँस्कृतिक कला केन्द्रहरुको संरक्षण,सम्बर्धन गर्न पहल गर्ने र सिन्धुलीगढी, हरिहरपुरगढी,पञ्चकन्या पोखरी र माइस्थान मन्दिर लगायत संरचनाहरुको निर्माण तथा पुनः निर्माण गरि पर्यटन हबको रुपमा विकास गर्न पहल गर्ने राजनको महत्कांक्षि योजनालाई पूर्णरुपमा कार्यान्वयन गराउन पनि मतदाताले उनैलाई विजयी गराउने बताएका छन् ।
दुःख पर्दा होस या सुखमा संधै जिल्लाबासीकै साथ,सहयोग र समर्पणमा आफ्नो सहभागिता देखाई रहेका नेता राजनका अघि जिल्लाका अन्य प्रतिस्पर्धीहरु फिक्का बन्दै गएका मतदाताहरुको भनाई छ ।राजनसंग जिल्लामा अन्य दल र स्वतन्त्र गरी १६ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन्। तर,अन्य उम्मेदवारहरु चुनावको समयमा मात्र देखिने भएकाले राजनकै पक्षमा आम नागरिकको समर्थन उर्लदो छ ।नेकपाका नेता कार्यकर्ताको साथै अन्य राजनीतिक दल, जिल्लाका स्वतन्त्र नागरिका तथा बुद्धिजिवी वर्गहरु समेत राजनकै पक्षमा खुलेरै मतमाग्न लागी परेका छन् ।यस पटकको निर्वाचन अन्य समयको भन्दा विषम परिस्थितीमा भएका कारणले पनि जिल्लाको दिर्घकालीन विकास लागि सोचेर मतदान गर्नु पर्ने अवस्था आएको मतदाताहरु नै बताउँछन् ।
दल प्रतिको आस्था,विस्वास र उम्मेदवाहरु छनौंटमा केही मतदातमा अन्यौल्ता सृजना भएको भएपनि जिल्लाको समग्र विकास,यस अघिको भूमिका,सरल,स्वच्छ छवी र राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमै जिल्ला र समग्र राष्ट्रकै हितमा मुद्धा उठाउन सक्ने नेता राजन मात्र भएकाले उनलाई नै मतदान गरेर विजयी गराउने गरी आम मतदाताहरु जस्तै आफुहरु पनि लागी परेको अन्य दलका नेता तथा कार्यकर्ताहरु पनि बताउँछन् ।
अन्य उम्मेदवारको तुलनामा जिल्लामा राजन मात्र योग्य र सक्षम उम्मेदवार भएकाले आफुहरुले पनि नेपाली कांग्रेस पार्टीनै परित्या गरेर राजनलाई विजयी गराउन लागि परेको नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका नेता जय ढकालले बताए ।नेपाल निर्माण व्यवसायी संघ सिन्धुलीका पूर्व अध्यक्ष समेत रहेका ढकाल जस्तै नेकपा(एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लगायतका पार्टीका नेता कार्यकर्ताहरु राजनको पक्षमा उभिएका छन् ।
यतिवेला दलका उम्मेदवार हेर्नु भन्दा पनि समग्र जिल्लाको नेतृत्व गर्न सक्षम उम्मेदवार छान्नु पर्ने भएकाले आफुहरु राजनलाई नै रोन्ज पुगेको उनीहरुको भनाई छ । निर्वाचनको मिति नजिकिँदै गर्दा सिन्धुली क्षेत्र नम्बर २ मा राजनको जित सुनिश्चित जस्तै बनेको उनी निकटका नेताहरु बताउँछन् ।उनीहरुका अनुसार जिल्लामा राजनको पक्षमा अन्य राजनीतिक दलका नेता कार्यकर्ता,बुद्धिजिवी,युवा व्यवसायी तथा व्यापारीहरुको बलियो समर्थन रहेको छ ।
निर्वाचनमा मतदान गरेर विजयी हुने उम्मेदवारले जिल्लाको विकाससंगै देशकै कानु निर्माण लगायतका समग्र विषयमा पाँच वर्षसम्म नेतृत्वदायी भूमिका निर्वाह गर्ने भएकाले आफ्नो अमूल्य मत कमजोरी हुँदा आफ्नो भविष्य माथीमै खेलबाढ हुने भन्दै सचेत भएर राजनकै पक्षमा मतदान गर्न जिल्लाका सचेत नागरिकहरुनै मतदाताहरुलाई अनुरोध गर्न थालेका छन् ।
२०७९ को निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर २ मै राजनले तत्कालीन नेकपा(माओवादी केन्द्र)बाट २७ हजार पाँच सय १७ मत ल्याई विजयी हुँदा निकटुतम प्रतिस्पर्धी नेकपा(एमाले)का मनोज जंग थापाले २१ हजार छ सय ८७ मत ल्याएका थिए।पाँच हजार आठ सय ३० मतान्तरले पहिलो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका राजनले आफ्नो पुरा कार्यकाल काम गर्न नपाएका कारण आफुले थालेका योजनाहरु पुरा गर्न पनि यस पटक मौका पाउने जनविश्वास रहेको छ ।