ठगि आरोपमा १ र लागु औषध सहित ३ जना सर्लाही प्रहरीको फन्दामा

3.2k Shares

विभिन्न घटनामा संलग्न चारजनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । अवैध लागुऔषध गाँजासहित प्रहरीले मलंगवाबाट एक महिला,ठगि गरेको आरोपमा बलरा नगरपालिका ७, गडहियाका एक पुरुष र कविलासीबाट दुई पुरुषलाई पक्राउ गरेको सर्लाही प्रहरीले जनाएको छ ।
जिल्लाको मलंगवा नगरपालिका ७ गणेसिया टोलबाट २० किलो ९ सय लागुऔषध गाँजा सहित मकवानपुरको कैलाश गाउँपालिका ५, बस्ने अन्दाजी ३० वर्षीय करिश्मा मोक्तानलाई पक्राउ गरेको सर्लाही प्रहरी  प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो । उहाँका अनुसार मोक्तान प्रदेश ०२–००१–ह १४०२ नम्बरको टेम्पोमा गाँजा लिएर हिँड्दै गरेको अवस्थामा पक्राउ परेकी हुन ।
साथै अवैध लागुऔषधसहित नवलपुर–मलंगवा सडकखण्डअन्तर्गत कविलासी नगरपालिका ८ बाट लागुऔषधसहित लालबन्दी नगरपालिका ८ बस्ने अन्दाजी ४३ वर्षका अख्तर हुसैन र ईश्वरपुर नगरपालिका ६ बस्ने आन्दजी ३६ वर्षका अशोक लामा पक्राउ परेका छन् । उनीहरू दुवैजना भारतीय नम्बरको एचआर २६ बी १८७६ नम्बरको कारमा सवार रहेको र लामा कारचालक भएको खुलेको प्रहरीप्रवक्ता एवम प्रहरी नायव उपरिक्षक माधब प्रसाद बुढाथोकीले जानकारी दिनु भयो ।
प्रहरीका अनुसार कारमा सवार हुसैनको साथबाट चेकजाँचको क्रममा लागुऔषध डाइलेक्स डिसी १०० एम एल ११ बोटल, नोफिन फेनेरागन ११ एम्पुल र हाई–टिच इन्जेक्सन ३ पिस बरामद भएको हो । प्रहरीले पक्राउ गरेका दुवैजना र उनीहरू सवार कारसहित नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अगाडि बढाएको छ ।
त्यस्तै, ठगी गरेको आरोेपमा बलरा नगरपालिका ७, गडहिया निवासी इजराइल मन्सुर( एमडी राजा)लाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका मन्सुरले अतिमुल्ला मियाँका छोरालाई प्रहरी विभागमा जागिर लगाइदिने प्रलोभन देखाएर रु ८ लाख ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीविरुद्ध ठगी तथा आपराधिक विश्वास घातसम्बन्धी मुद्दामा जिल्ला अदालत सर्लाहीबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरी उपरिक्षक प्रसाईले बताउनु भयो । 

सम्बन्धित समाचार