मधेश प्रदेशका किसानहरु विभिन्न मागराखी आन्दोलीत

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-४-१२ गते   ४९३ पटक हेरिएको

मधेश प्रदेशका किसानहरु विभिन्न माग राखी आन्दोलीत भएका छन् । नेकपा(एमाले) निकट अखिल नेपाल किसान महासंघ,मधेश प्रदेश कमिटीको नेतृत्वमा मधेश प्रदेशका किसानहरुले पुर्व पश्चिम राजमार्ग स्थित सर्लाहीको हरिवनमा प्रदशर्नन गरी दिउँसो २ घण्टा पुर्व पश्चिम राजमार्गमा चक्का जाम समेत गरेका अखिल नेपाल किसान महासंघ,केन्द्रीय उपा अध्यक्ष राजकुमार उप्रेतीले जानकारी दिए । 
उनका अनुसार आफुले पालेका पशु चौपायहरुमा लम्कीस्किन रोग भयानक रुपमा देखिएको र यसको व्यावस्थापनमा कुनै पक्षले चासो नराखेको,मानो रोपेर मुरी फलाउने समयमा पानी नपर्दा धान रोप्न नपाएको,उखुको अनुदान रकम भुक्तानी नभएको र रसायनिक मलको आपुर्ति सहज नहुँदा मल नपाएको भन्दै किसानहरुले आन्दोलन सुरु भएका हुन ।
लम्कीस्कीन रोगलाई महामारी घोषणा गरी मरेका पशुहरुको क्षतिपूर्तिको व्यवस्था गर्नु पर्ने,मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानहरुलाई प्याकेजमा राहत उपलब्ध गराउनु पर्ने,उखुको अनुदान रकम तुरुन्त भुक्तानी गर्नु पर्ने र रसायनिक मलको आपूर्ति सहज गर्नु पर्ने माग राख्दै मधेश प्रदेशका किसानहरु आन्दोलीत भएका अखिल नेपाल किसान महासंघ,मधेश प्रदेशका इन्चार्ज उमेश गुप्ताले बताए ।
उनका अनुसार पशुहरुमा लम्पीस्किन रोग लागेको ३ वर्ष हुँदा पनि सरकार मौन देखिनु,किसानहरुले पशु चौपाएको बिमा गरेका भएपनि बिमा वापतको रकम पाउन नसक्नु,उखु बेचेको लामो समय भई सक्दा पनि राज्यले व्यवास्था गरेको अनुदान वापतको रकम नपाउनु,पानी नपरेर खेती गर्न नपाउँदा पनि सरकारले मधेशलाई सुख्खा क्षेत्र घोषणा नगर्नु लगायतका कारण प्रदेशका किसानहरु आन्दोलीत भएका हुन् ।
पशुहरुमा लम्पीस्किन रोगबाट करिब ४० अर्वको क्षेत्री भएको र करिब ४० हजार पशुचौपाएहरु मरेका छन् । उखु उत्पादक किसानहरुलाई राज्यले प्रतिकिलो रु ७० अनुदान दिने भनेको भएपनि लामो समय हुँदा समेत सो भुक्तानी नपाएका अखिल नेपाल किसान महासंघ,मधेश प्रदेश सह सचिव अन्जना कडरियाले बताइन ।
 मधेश प्रदेश देश कै अन्नको भण्डार भएपनि पानी नपरेका कारण धान रोप्न नपाउँदा समस्या भएको र मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्नु पर्ने माग राख्दै आन्दोलन सुरु गरेका किसानहरुले पुर्व पश्चीम राजमार्ग स्थित सर्लाहीको हरिवनमा २ घण्टा चक्का जाम समेत गरेका आयोजक अखिल नेपाल किसान महासंघ मधेश प्रदेश कमिटिले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech