Close This

आधारभूत विद्यालय हरिपुर्वा ३ धनकौलका प्रधानाध्यापक कुशवाह र शिक्षक महतो बीचको विवाद सल्टियो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-७-१५ गते   ५९ पटक हेरिएको

 सर्लाहीको हरिपुर्वा नगरपालिका ३ धनकौल स्थित राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक र प्रधानाध्यापक विचको विवाद सल्टीएको छ । विद्यालयका शिक्षक राजिव महतो र  विद्यालयका प्राधानाध्यापक हरिनारायण कुशवाहा वीच रहेको विवाद सल्टीएको हो ।
प्रधानाध्यापक कुशवाह उपर लगाएको कुटपिट तथा गाली बेइज्जती सम्बन्धि आरोप फिर्ता लिई आफुहरु बीचको असमझदारीका कारण उत्पन्न विवाद सल्टिएको शिक्षक महतोले बताएका छन् ।
केही महिना अगाडी जिल्लाकै चन्द्रनगर गाउँपालिका ३ बर्कुवा निवासी शिक्षक महतोले नेपाल राष्ट्र बैंकमा  आफ्नो र प्रधानध्यापक कुशवाहाको नाममा संचालन भएको विद्यालयको खाताबाट शिक्षकहरुलाई तलब खुवाउन भनी  रकम झिक्न प्रधानाध्यापक कुशवाहले आफुसँग ब्ल्याँक चेकमा हस्ताक्षर गराउन खोजेको आरोप लगाएका थिए । तर आफुले हस्ताक्षर गर्न नमानेपछि प्रधानाध्यापक कुशवाहले गाउँका केही मानिसहरु लगाएर कुटपिट गराएको शिक्षक महतोले आरोप लगाएका थिए । सोही घटनालाई लिएर शिक्षक महतोले केही संचार माध्यमबाट समाचार समेत सम्प्रेषण समेत गराएका थिए । उनले रिपोर्टस क्लवको साक्षातकार कक्षमा आफै उपस्थित भएर आफुहरुबिचको मनमुटाव समाप्त भइसकेर सम्बन्ध सुमधुर भएको बताएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech