शंकास्पद हत्याको जाहेरी प्रहरीले दर्ता गरेन,पीडित परिवार थप पीडित

549 Shares

२०८० माघ २२ गते आफ्ना सदस्यको शंकास्पद मृत्यु भएको विषयमा प्रहरीले जाहेरी दर्ता नगरेपछि उदयपुरको कटारी नगरपालिका २ को एउटा तामाङ परिवार विगत करिब डेढ वर्षदेखि पीडित बनेको छ।आफ्ना करिब ४२ वर्षिय श्रीमान्को २०८० माघ २२ गते राती शंकास्पद मृत्यु भएपछि कटारी नगरपालिका २ को एउटा तामाङ परिवार न्याय खोजीमा पटक पटक प्रहरी कार्यालय धाउँदा धाउँदा थप पीडित बनेको अवस्थामा स्थानीय अगुवाहरुको सहयोगमा ईलाका प्रहरी कार्यालय कटारीमा जाहेरी लिएर गएका भएपनि प्रहरीले जाहेरी दर्ता नगरी फर्काई दिएपछि थप पीडित बनेको गुनासो गरेका छन् ।
उनीहरुका अनुसार प्रारम्भिक अनुसन्धान र पोस्टमार्टम रिपोर्टले मृत्युबारे स्पष्ट तथ्य नदिएपछि घटनाबारे सत्य बाहिर ल्याउनुपर्ने आग्रह गर्दै उनीहरुले प्रहरी,प्रशासन र जनप्रतिनिधिहरुसम्म पटक पटक धाएपनि कुनै चासो नदेखाएपछि पीडित परिवार कमलामाई मिडिया प्रा.लि.संग आई पुगेका थिए।त्यसपछि कमलामाई मिडिया प्रा.लि.ले उत्त घटनाको विषयमा ईलाका प्रहरी कार्यालय कटारीका साथै स्थानीय जानकारहरुसंग अनौपचारीक रुपमा बुझ्दा कटारी नगरपालिका २ का ती युवाको शंकास्पद मृत्यु भएको प्रष्ट भएपछि प्रहरीमा जाहेरी लिएर गएका पीडित परिवारलाई ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी कर्मचारीहरुले जाहेरी दर्ता नगरी फकाई दिएपछि अब न्याय खोज्न कहाँ जाने भन्ने सवालमा पीडित परिवार थप पीडित बनेका छन् ।
करिब डेढ वर्ष पहिला भएको घटनाको प्रहरीले चासोका साथ अनुसन्धान नै नगरेका कारण पीडित परिवारको पीडामा मल्हम लगाउने कुनै कदम चालिएको छ ?घटना भएको दिन साँझसम्म पनि घरमा सामान्य वातावरण थियो।तर भोलिपल्ट बिहान युवक मृत फेला परे।सुरुवाती चरणमा प्रहरीले घटनालाई सामान्य ठान्दै अनुसन्धान थालेको बताए पनि घटनास्थलबाट शव उठाउँदा प्रहरीले मुचुल्कामा समेत हस्ताक्षर नगराई आफुखुसी शव उठाएको पीडित पक्षको गुनासो छ ।
पीडित परिवारले मृत्यु योजनाबद्ध भएको आशंका गर्दै निष्पक्ष छानबिनको माग गर्दै ईलाका प्रहरी कार्यालय कटारीमा जाहेरी लिएर गएका भएपनि प्रहरीले भिसेरा रिपोर्ट आउन दिनुस भन्दै टार्दै आएको भएपनि अहिले भिसेरा रिपोर्ट समेत आई सकेको भएपनि प्रहरीले जाहेरी दर्ता नगरेको पीडित परिवारको गुनासो छ ।
ईलाका प्रहरी कार्यालय कटारीका तत्कालीन प्रहरी प्रमुख एवम प्रहरी नायव उपरिक्षक सुभाष राई अनिर्वाय अवकाश भई घर गई सकेका र अहिले उनको ठाउँमा प्रहरी नायव उपरिक्षक कमल बजगाई आएका छन्।उनको पनि सरुवा हुने समय हुनै लागेको भएपनि उनले पनि उक्त घटनालाई चासोका साथ नहेरेको साथै स्थानीय जनप्रतनिधिहरुका तै चुप मै चुप देखिँदा पीडित परिवार झन पीडित बनेका छन् ।
घटना शंकास्पद हुनु,सरोकारवाला सबै मौन देखिनु,प्रहरीले मुचुल्कामा समेत हस्ताक्षर नगराई आफुखुसी शव उठाउनु,गाउँका केही मानिसहरुले घटनाको विषयमा घर भन्दा बाहिर अन्यन्त्र कुरा गर्दै हिड्नुले पनि घटना शंकास्पद रहेको प्रष्ट हुन्छ।“हाम्रो मान्छे फर्केर आउँदैन भन्ने थाहा छ।तर सत्य सार्वजनिक नभएसम्म र दोषीलाई कारबाही नभएसम्म हाम्रो आत्माले शान्ति पाउँदैन”,पीडित परिवारको गुनासो छ ।“न्याय ढिलो हुनु भनेको न्याय नपाउनु हो।पीडित परिवारलाई छिटो र निष्पक्ष न्याय दिनु राज्यको दायित्व हो।शंकास्पद मृत्यु जस्तो घटनामा प्रहरी प्रशासनको लाचारीपनाले पीडितलाई थप पीडित बनाई रहेको छ ।”अधिकारकर्मीहरु बताउँछन् ।

सम्बन्धित समाचार