नेकपा (एकिकृत समाजवादी) सर्लाहीको जिल्ला स्तरीय भेला भदौ २७ मा हुने

3.4k Shares

नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजवादी) सर्लाहीले भदौ २७ गते जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला गर्ने भएको छ । पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले भदौ २७ गते जिल्लाको हरिवनमा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला गर्ने भएको हो ।
भदौ २७ गतेको भेलाले पार्टीको जिल्ला कमिटी पुनर्गठन गर्ने पार्टीका केन्द्रीय सदस्य लक्ष्मण पौडेलद्धारा बिहिवार जारी गरिएको प्रेस वक्तव्यमा उल्लेख गरिएको छ । पार्टीका केन्द्रीय स्तरका नेताहरुबाट सम्वोधन हुने उक्त भेलामा पार्टीको तत्कालिन जिल्ला कमिटीका सदस्य, पार्टी निकट जनप्रतिनिधि, पार्टी नेता, अगुवा कार्यकर्ता, जनवर्गिय संगठनका पदाधिकारीलाई आमन्त्रण गरिएको नेता पौडेलले बताउनु भयो ।
पौडेलद्धारा जारी गरिएको प्रेस वक्तव्यमा २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको निरन्तरता नै यो पार्टीको पुनर्गठन भएको उल्लेख गरिएको छ । वक्तव्यमा ‘ठूलो बलिदानबाट आएको नेपालको संविधान एवम व्यवस्थालाई असफल पार्ने पटक–पटकका प्रयास, जननिर्वाचित संसदमाथि गैर कानुनी “कु” गरी निरन्तर शाशक बन्ने लालसा, शैद्धान्तिक विचलन, सामन्ति सँस्कृतिको विकास, खुल्लामखुल्ला भ्रष्टाचारका काण्डहरु, जालझेल–षडयन्त्र–गालि गलौच, दम्भ–घमण्ड–अहंकारको पराकाष्ठा, पार्टी नेता–कार्यकर्ता–जनप्रतिनिधिहरुमाथि पूर्वाग्राही कारवाही जस्ता अनेकौँ घटनाक्रमलाई चिर्दै यो पार्टी श्रमजीवी जनताको हितमा पुनर्गठित हुन सफल भएको छ ।’ प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार