पर्सामा आगलागीबाट तीन लाख भन्दा बढीको क्षेती

3.2k Shares

सर्लाहीको पर्सा गाउँपालिकामा वुधवार राती आगलागी हुँदा तीन लाख रुपैयाँ बढीको क्षति भएको छ । जिल्लाको दक्षिण सीमावर्ती क्षेत्रमा पर्ने पर्सा गाउँपालिका–१, का विन्देश्वर मण्डलको गाईबस्तु बाँध्ने गोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट मध्यरातमा आगो सल्किएको स्थानियबासीले बताएका छन । 
आगलागीबाट गोठ पूर्णरुपमा जलेर नष्ट हुँदा १ लाख ५० हजार रुपैयाँ बराबर र गहु तथा परालको भुस जल्दा १० हजार रुपैयाँ गरी मण्डलको मात्रै १ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको सीमा प्रहरी चौकी संग्रामपुरले जनाएको छ । आगोले एउटा भैंसी र एउटा गोरु समेत जलेर घाईते भएका छन् ।
यसैगरी विन्देश्वरकै घरमा लागेको आगो छिमेकी रामकुमार मण्डलको घरमा सल्किँदा उनको पनि दुई लाख पाँच हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट रामकुमारको ६० हजार रुपैयाँ नगद, कपडा, चामल,सुनको गरगहना र चाँदी जलेर नष्ट भएको बताइएको छ ।
राती ११ः३० बजेतिर भएको आगलागी गाउँले र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार