सर्लाहीको लालबन्दी नगरपालिका ७ मा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार कृष्ण बहादुर कार्की(गोपाल) विजयी भएका छन् । लालबन्दी नगरपालिका ७ का निवर्तमान वडा सदस्य समेत रहेका कार्कीले निकट्मत प्रतिस्पर्धीको भन्दा दोब्बर बढी मत ल्याएर वडा नम्बर ७ को वडा अध्यक्ष पदमा निर्वाचित भएका नेपाली कांग्रेसका युवा नेता ठाकुर प्रसाद बख्रेल(मनोज)ले जानकारी दिनु भयो ।
उहाँका अनुसार कार्कीसँगै वडा नम्बर ७ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा निर्वाचित कार्कीले १ हजार ४९ मत प्राप्त गरेका छन् । भने उनका प्रतिस्पर्धी नेकपा(एमाले)का राम दरेश चौधरीले ५ सय २७ मत प्राप्त गरेका छन् । साथै,वडा सदस्यहरुमा कांग्रेसकै तारा श्रेष्ठ, गिता कुमारी विश्वकर्मा, राधेश्याम गुप्ता र सुरज थापा विजयी भएका हुन ।
सो वडाबाट नेपाली कांग्रेसको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार बासुदेव अधिकारीलाई ९ सय ४०, एमालेका गोविन्द महतलाई ४ सय ९२ र माओवादी केन्द्रका प्रल्हाद कुमार बुढाथोकीलाई १ सय ९६ मत खसेको छ ।
त्यसैगरी, उप प्रमुख तर्फ नेपाली कांग्रेसकी कल्पना पाख्रिनलाई ८ सय २७, नेकपा एमालेकी सनसरी माया थिङलाई ४ सय ७८ र नेकपा एकीकृत समाजवादीका गोविन्द प्रसाद अधिकारीलाई २ सय ४४ मत परेको छ ।
यससंगै लालबन्दी नगरपालिकाका ७ वटा वडाको मतगणना ४ वटा वडामा नेपाली कांग्रेस,१ वटा वडामा माओवादी केन्द्र र १ वटा वडामा स्वतन्त्र उममेदवार विजयी भएका हुन । नेपाली कांग्रेसले वडा नम्बर ३,४,५ र ७ मा जित निकालेको छ भने वडा नम्बर २ मा माओवादी केन्द्र र वडा नम्बर १ मा स्वतन्त्र तर्फका उम्मेदवार विजयी भएका छन् भने वडा नम्बर ६ को मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालय लालबन्दीले जनाएको छ ।