चन्द्रनगरका छ वटा पोखरी ठेक्का लगाउने

244 Shares

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले गाउँपालिका भित्रका विभिन्न छ वटा पोखरीहरुको ठेक्का खुलाएको छ।पोखरीहरु धेरै रहेको चन्द्रनगर गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि रु १७ लाख ७० हजार आठ सय २३ मा छ वटा पोखरी ठेक्का लगाउन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जय किशोर साहले बताए । 
उनका अनुसार चन्द्रनगर गाउँपालिका ६ को गोपिबाबा पोखरी रु ७८ हजार नौ सय पाँच, पचासी पोखरी रु दुई लाख ६८ हजार एक सय १७,मरवा नाका पोखरी रु एक लाख ९१ पाँच सय १३ र महुअवा पोखरी रु १० लाख २६ हजार पाँच सय सहित चन्द्रनगर गाउँपालिका ५ को लकडीया गोसाइ पोखरी रु ८८ हजार आठ सय ६३ र सोही वडाको मोहनपुर ख पोखरी सानो रु एक लाख १६ हजार नौ सय २५ गरी कुल रु १७ लाख ७० हजार आठ सय २३ मा एक वर्षका लागि ठेक्क लगाउन लागिएको हो ।विभिन्न चार पटक सूचना जारी गर्दा पनि यी पोखरीहरु ठेक्का नलागे पछि पाँचौँ पटक सूचना जारी गरिएको चन्द्रनगर गाउँपालिकाको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार